प्रधानमन्त्री ओलीको बुद्धि बंगारो नै खुस्किएपछि…


 

काठमाडौं । बाँसबारीस्थित गंगालाल अस्पतालको नवनिर्मित ओपीडी भवन उद्घाटन समारोहमा प्रधानमन्न्त्री केपी शर्मा ओली एक घन्टा ढिलो पुगे । स्वास्थ्यमा समस्या भएकाले कार्यक्रममा नआउन चाहेको तर कर गरेपछि आएको बताएका प्रधानमन्त्रीले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा झण्डै एक घण्टै भाषण गरे ।

आफ्नो हजुरआमाले १०१ वर्षको उमेरमा भुटेको मकै भटमास चपाउने गरेको तर, आफ्नो भने ६७ वर्षको उमेरमा नै बुद्धि बंगारा फुस्किएर असक्त भएको उनले सुनाए । प्रधानमन्त्री ओलीले भने, ‘म ६७ वर्षको हुनलागे । हिजो बेलुका मेरो दिहिने पट्टीको माथिल्लो पट्टीको बुद्धि बंगारो आफैं खुस्कियो । छामेर हेरेँ, जरा पनि छैन, रगत पनि आएन । कति असत्त भएको रहेछ ।’

असक्त भएर नआउने खोजेको तर कार्यक्रममा आएर लामो बोलेपछि नक्कली विरामी रहेछ भन्न सक्ने भएकाले आफ्नो समस्या सुनाएको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘यो अस्थायी विरामी हो, नक्कली चाहिँ होइन ।’ प्रधानमन्त्री ओलीले औषधि विज्ञानको क्षेत्रमा नेपालले प्रगति गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले रचनात्मक काम गरे सहयोगीको भूमिका खेल्न तयार रहेको बताएका छन् । आरोप प्रत्यारोपमा लाग्नुको साटो मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सबै एकजुट हुनुपर्ने उनले धारणा राखे । शनिबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले सो धारणा राखेका हुन् । सरकारले राम्रो काम गरोस्, देशमा विकास गरोस् भनेर सहयोग गर्न चाहँदा पनि सबैको साथ सहयोग लिएर अघि बढ्नुको साटो प्रधानमन्त्रीले भाषणबाजी मात्र गर्ने र आफूभन्दा फरक विचार राख्नेहरुको मानमर्दन गर्ने गरेको गुनासो उनले गरे । वर्तमान सरकारले समृद्धिको कुरा गर्ने नैतिकता गुमाइसकेको टिप्पणीसमेत उनले गरे । यो सरकार राम्रो काम गर्न त के, अरुले गरेको कामको जस लिनसमेत अयोग्य रहेको उनले बताए ।

वर्तमान सरकार बनेपछि कुटनैतिक क्षेत्रसमेत विश्वस्त हुन नसकेको उनले टिप्पणी गरे । अन्तर्राष्टिय जगतलाई विश्वासमा लिएर काम गर्न नसक्दा मुलुक असफल राष्ट्र बन्ने दिशातर्फ गएको उनले आरोप लगाए । कार्यक्रममा नेता सिंहले गुहेश्वरी बाल शिक्षा माद्यमिक विद्यालय थापाथलीमा अध्ययनरत दुई सय विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण तथा एसईई परीक्षामा उत्तीर्ण भएकाहरुलाई सम्मान गरेका थिए । विद्यालय पोशाक पूर्व गभर्नर हिमालय शमशेर जबराको सहयोगमा प्राप्त भएको थियो ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु