
काठमाडौं, ११ साउन । बाबा भन्ने वित्तिकै आफ्नै दुनियाँमा रम्ने, बाहिरी दुनियाँसँग सम्पर्कमा आउन नरुचाउने भन्ने बुझिन्छ । तर नरहने जोगी भन्ने बुझिन्छ तर सुन्दरीजलका अघोरी बाबा पछिल्लो केहि समयदेखि सामाजिक संजाल युटुब तथा टिकटकमा निकै भाइरल बनेका छन् ।
यी बाबा मृत्युञ्जयले वास्तविक जोगी भनौं या योगीहरु अरुलाई हँसाउने देखि ज्ञान गुणका कुराहरु गर्दै सारा जगतलाई फ्रेस बनाउनृु पर्छ भन्ने मान्यता राख्छन् ।
हुन पनि घरबार छाडेर विन्दास जिवन बिताउने बाबाहरुबाट अहिलेको निराश मनहरुलाई एकैछिन भए पनि फ्रेस बनाउँनु राम्रो कुरा हो ।
उनै बाबा पछिल्लो दिनमा जुत्ताका विज्ञापन देखि टिसर्टसम्म छाएका छन् । आफैमा गुमनाम रहेका बाबा यसरी भाईरल हुँदा यो बुढेसकालमा उनी निकै दंग अनि खुसी छन् ।
आफु ब्रुस लिको निकै ठुला्े फ्यान रहेको पनि बताउने यी बाबाले पछिल्लो अन्र्तवार्ताकै क्रममा ब्रुस्लीको मार्सल आर्टअन्तर्गतको कला पनि देखाएका छन्
प्रतिकृया दिनुहोस्