रुसी मोडलसँग बिहे गरेका पूर्वराजा सुल्तान छाेराे जन्मिएपछि पत्नीमाथि शंका गर्दै : नयाँ बच्चाको बावु को ?


 

मलेसिया : राजगद्दी नै छोडेर रसियन मोडलसँग विवाह गरेका मलेसियाका पूर्वराजा सुल्तान मुहम्मद भीले श्रीमतीले जन्माएको सन्तानको बावु आफू नभएको स्पष्टोक्ति दिएका छन् ।

पूर्व मिस मस्को ओक्साना भोएभोदिनासँग विवाह गर्दै सुल्तानले गत जनवरीमा मलेसियाको गद्दी नै छाडिदिएका थिए । तर यही महिना मात्रै उनीहरुले डिभोर्स समेत गरिसकेका छन् ।

२७ वर्षीया ओक्साना भोएभोदिना र ५० वर्षीय पूर्वराजा सुल्तानबीच नयाँ सन्तानको विषयलाई लिएर मतभेद् नै भएको छ । पूर्वराजा सुल्तानले नयाँ सन्तानमाथि नै आशंका गरेपछि यस्तो अवस्था आएको हो ।

सिंगापुरका वकिल कोह तिएन हुआले पनि सुल्तानको पक्षमा बोलेका छन् । उनले नयाँ शिशुको बावुको कुनै प्रमाण ओक्सानासँग नभएको भन्दै सुल्तानलाई सहज हुने गरी अभिव्यक्ति दिएका हुन् ।

यससँगै रसियन मोडल ओक्साना आफ्नो सन्तानलाई लिएर रसिया फर्कनसक्ने अपेक्षा गरिएको छ । तर गत साता मात्रै ओक्सानाले आफू अझै विवाहित नै रहेको बताइन् ।

उनले मलेसियन एक पत्रिकासँग बोल्दै यो एक निराशाजनक अवस्था मात्रै भएको तर आफूहरुले डिभोर्स नगरेको प्रतिक्रिया दिएकी छन् । इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै उनले भनेकी छन्, ‘म उनको जीवनको अन्तिम व्यक्ति बन्न चाहन्छु । र म आफ्नो जीवनको अन्तिम क्षणसम्मै उनीसँग बाँच्न चाहन्छु ।’

तर मलेसियाका मिडियाले डिभोर्स पेपर तयार भइसकेको जनाएका छन् । जुलाइ १ मै उनीहरुले डिभोर्स पेपर दर्ता गरिसकेको मलेसियन मिडियाले जनाएका छन् । उनीहरुको सम्बन्धबाट गत मे २१ मा छोरा जन्मिएको थियो ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु