कति पढेकी छन् साउथ इन्डियनकी चर्चित सुन्दरी नायिका अनुष्का सेट्टीले ?


 

‘बाहुबली’की देवसेनाका रूपमा बढी चर्चित अनुष्का सेट्टीले कम्प्युटर एप्लिकेसनमा ग्राजुयसन पास गरेकी छिन् । ३५ वर्षीया अनुष्काले माउन्ट कर्मल कलेज, बैंग्लोरबाट ग्राजुयसन गरेकी हुन् ।

सन् २००५ मा बनेको ‘सुपर’ फिल्मबाट करिअर सुरु गरेकी उनले ‘बाहुबली’, ‘बाहुबली २’ का साथै थुप्रै दक्षिण भारतीय तथा हिन्दी फिल्ममा अभिनय गरेकी छिन् ।

अमिताभले भन्दा धेरै पैसा लिने यी हुन् दक्षिण भारतीय हिरो
नेपालमा दक्षिण भारतीय फिल्मका निकै धेरै फ्यानहरु रहेका छन् । दक्षिण भारतीय कुनै पनि नयाँ फिल्म युट्युबमा अपलोड भयो भने त्यो ट्रेन्डिङमा परिहाल्छ । यसअर्थ पनि नेपालमा दक्षिण भारतीय फिल्मलाई पछ्याउनेको संख्या ठूलो छ भन्दा फरक पर्दैन ।

मूलधारको भारतीय फिल्म उद्योगका धेरै कलाकारलाई नेपाली फ्यानहरुले चिन्ने र उनीहरुबारे चासो राख्ने गरेका छन् । जसमध्येका एक हुन् अमिताभ वच्चन ।

अमिताभको अभिनय, उनको व्यक्तित्व, कमाइ आदीका कारण पनि उनी चासोका पात्र बनिरहेका छन् । तर दक्षिण भारतीय फिल्म उद्योगमा यस्ता अभिनेता छन् जो अमिताभले भन्दा धेरै रकम कुनै एक फिल्म खेल्दा लिन्थे । पछि उनी मन्त्री पनि बने ।

उनी हुन् दक्षिण भारतका चर्चित फिल्म स्टार चिरञ्जिवी । उनका वुवा प्रहरीमा थिए । चिरञ्जीवीको बाल्यकाल गाउँमा वितेको थियो । उनको रुचि बाल्यकालदेखिनै अभिनयमा थियो ।

चिरञ्जीवी टलिउडमा एक मात्र यस्ता अभिनेता हुन् जसको आफ्नो सिंगल, डबल र त्रिपल रोल भएको फिल्मले हलमा सय दिनसम्म व्यापार गर्ने रेकर्ड बनाएको छ ।

उनी साउथका एक मात्र त्यस्ता कलाकार हुन् जसलाई १९८७ मा ओस्कार एकेडेमीले आफ्नो कार्यक्रममा आमन्त्रण गरेको थियो ।

एक समय यस्तो थियो कि उनले कुनै फिल्म खेल्दा अमिताभ बच्चन भन्दा धेरै रकम लिने गरेका थिए ।

अमिताभले एक फिल्म खेल्दा १ करोड लिन्थे भने चिरञ्जिवीले १.५ करोड रुपैयाँ लिने गरेका थिए ।

चिरञ्जीवीको वास्तविक नाम कोनीडेला शिवशंकर वारा प्रसाद हो । पछि उनले आफ्नो नाम चिरञ्जीवी राखेका थिए ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु