झापाको हनूमान सेन्ट्रल आगलागी : जुत्ता पसल र सामसूङ मोबाइलको डिलर सखाप, एक घण्टापछि नियन्त्रणमा (भिडियोसहित)


 

विर्तामोड बिर्तामोडको हनूमान सेन्ट्रलमा शनिवार सॉझ भएको आगलागी नियन्त्रणमा आएको छ ।

हनुमान सेन्ट्रलको भुइतलामा दिनेश पाठकले सञ्चालन गरेको जुत्ता पसल र सामसूङ मोवाइलको डिलरमा भएको आगलागी लगभग एक घण्टापछि नियन्त्रणमा आएको हो ।

प्रहरी, स्थानीयवासी, मेचीनगर र बिर्तामोडको दमकलले आगलागी नियन्त्रणमा लिएको हो । आगजनीबाट जुत्ता पसल पुर्णरुपमा क्षति भएको र मोवाइल पसलमा आंशिक क्षति भएको बिर्तामोड प्रहरीका डिएसपी मोहन थापाले जानकारी दिए ।

प्रहरी, स्थानीयवासी र दमकलको सक्रियताका कारण आगो अन्यस्थानमा फैलिन नपाएको उनले बताए । आगजनी नियन्त्रण गर्ने क्रममा अन्य पसलमा पनि क्षति पुगेको बताइएको छ । बिद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

आगलागीबाट के कति क्षति भयो भन्ने विवरण आउन नसकेको प्रहरीले जनाएको छ । आगलागीपछि विद्युत् अवरुद्ध भएकाले पनि कुन तला र कुन सटरमा आगो लागेको भन्ने छुट्याउन नसक्दा पनि आगो नियन्त्रणमा लिन कठिन भएको थियो । फेरि भुइँ तलाबाट धुँवाको मुस्लो धेरै आउँदा आगो लागेको मुख्य ठाउँ पत्ता लगाउन गाह्रो भएको थियो ।

विर्तामोडको मुक्तिचोकमा रहेको पाँचतले उक्त व्यापारिक भवनमा एक रेडियो स्टेशन, दुई बैंक, दुई डिपार्टमेन्टल स्टोरसहित सयौँ व्यापारिक पसल, होटल रहेका छन् । समयमा नै आगो नियन्त्रणमा आउन नसकेको भए ठूलो क्षति हुने थियो । १ घन्टा लागेको आगोले भुइतला बाहेक अन्य तलाहरुमा खासै ठूलो क्षति पुर्‍याएको छैन ।

हेर्नुहोस आगलागीको भिडियो

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु