सभामुख चयनमा ओली–प्रचण्डबीच विवाद, संसद बैठक २७ गतेसम्म स्थगित


 

काठमाडौँ । पटक पटक सर्दै आएको प्रतिनिधि सभाको बैटक फेरि सरेको छ । पुस ४ गते प्रतिनिधि सभाको पहिलो बैठक बसेको थियो । त्यसपछि ११ गतेलाई राखिएको बैठक बस्दै नबसी १६ गतेसम्मलाई स्थगित गरियो । १६ गतेको बैठक पनि सुचना टाँसेर स्थगित गर्दै पुस २७ गतेलाई पुर्याइएको छ ।

अब बस्ने प्रतिनिधि सभा बैठकले सभामुख र उपसभामुख चयनको प्रक्रिया सुरु गर्ने भनिएपनि संसदको ठुलो दल नेकपाले सभामुख र उपसभामुखबारे कुनै निर्णय गर्न नसक्दा बैठक स्थगित हुँदै आएको हो । तर संसद सचिवालयले भने विशेष कारण भन्दै बैठक स्थगित गर्र्दै आएको छ ।

आइतबार बसेको नेकपाको सचिवालय बैठकमा सभामुखबारे छलफल गर्ने भनिएपनि एजेण्डामै प्रवेश नगरी सकिएको थियो ।

रातोपाटीमा प्रकाशित यो स्टोरी पूरा पढ्न यहाँ क्लिक गर्नुहोस्

र यो पनि हेर्नुहोस्

गगन थापाले फेसबुकमा लाइभ आएर भने : सरकारले ल्याएको सूचना प्रविधि विधेयक अहिलेसम्मकै खतरनाक (भिडियोसहित)

प्रकाशित भएको : December 31st, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु