
एजेन्सी । बलिउडमा एकपछि अर्को सफल फिल्म दिइरहेका खेलाडी कुमार अर्थात् अक्षय कुमार आफ्नो कैरियरकै सफलताको उच्च बिन्दुमा रहेका छन् । उनले अभिनय गरेका पछिल्ला सबै फिल्मले बलिउड बक्स अफिसमा १०० करोड भन्दा बढी आम्दानी गरेका छन् ।
‘अक्की’ नामले समेत चिनिने उनि मुम्बईको अँधेरी वेस्टको लोखंडवाला कम्प्लेक्समा बस्ने गर्दछन । उक्त घरमा सम्पूर्ण सुबिधा सहित बेडरूम, बाल्कनी, पैट्री, होम थिएटर र अक्षय कुमारकी पत्नी ट्विंकल खन्नाको अफिस समेत रहेको छ ।
छोरी नितारा,छोरा आरव, पत्नी ट्विंकल खन्नाको साथ बस्ने अक्षय कुमारको उक्त घरको मुल्य करोडौ रुपैया रहेको बताइन्छ ।
तलको भिडियोबाट हेर्नुहोस उनको आलिसान घर जुन कुनै राजा महाराजाको दरबार भन्दा कम छैन ।
र केही दिनअगाडी प्रकाशित उनको बारेमा अर्को समाचार
नायक अक्षय कुमारले गरे बाढी पिडितलाई २ करोड आर्थिक सहयोग
काठमाडौँ । बलिउडका चर्चित एवं लोकप्रिय नायक अक्षय कुमारले देशप्रतिको जिम्मेवारी बहन गर्दै बाढी पीडितहरुका लागि २ करोड आर्थिक सहयोगको घोषणा गरेका छन् । भारी बर्षाको कारण भारतका विभिन्न जिल्लाहरु प्रभावित बनेको बेला, कयौँ मानिसहरु बिस्थापित भएको बेला उनै बिस्थापितहरुका लागि अक्षयले फेरी ठुलो आर्थिक सहयोगको घोषणा गरेका हुन् ।
उनले असम राज्यका बाढी पीडितहरुका लागि २ करोड भारु सहयोगको घोषणा गरेका हुन् । उनले ट्वीटरमार्फत उक्त जानकारी दिँदै १ करोड मुख्यमन्त्री राहत कोषमा र अर्काे १ करोड काजीरंगा नेशनल पार्कको रेस्कूयका लागि दान दिने घोषणा गरेका हुन् । यसअघि पनि उनले यस्ता सामाजिक कार्यका लागि आर्थिक सहयोग गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस्