बुहारीले छोरी पाएको खुसियालिमा सासुले दिइन कार उपहार


 

एजेन्सी। हाम्रो समाजमा अझै पनि कताकती छोरी पाउदा बुहारीलाई अपमान गर्ने गरिन्छ । यस्तो प्रवृत्ति दक्षिण एशियामा अझै पनि छ । भारतमा एक महिलाले छोरी पाउदा उनकी सासु निकै खुशी भएकी छिन् । यो कुरा भारतको उत्तर प्रदेशको हो ।

बुहारीले छोरी पाएपछी सासु खुशी हुदै आफ्नी बुहारीलाई कार उपहार दिएकी छिन् । उनले छोरी पाएको भन्दै अंगालो हाल्दै कार उपहार दिएकी हुन् । स्वास्थ्य विभागको बतौर निरिक्षकको पदबाट रिटायर्ड भएकी सामु प्रेमा देवी आफ्नो छोरा बुहारीसंग बस्ने गर्छिन् ।

हामीले Youtube मा निरन्तर रुपमा भिडियोहरु अपलोड गर्दै आइरहेका छौं । हामी अगाडी बढ्नको लागि तपाइको साथको खाँचो छ । यस च्यानललाई Subscribe गरेर हामीलाई सहयोग गरिदिनुहोस् ।


ती सासुले छोरा भन्दा छोरी धेरै राम्रो हुने बताएकी छिन् । उनैले बुहारीले छोरी पाउदा खुशी हुदै कार उपहार दिएकी हुन् । उनका छोरा पनि हमीरपुर जिल्ला मुख्यालयमा सरकारी सेवामा कार्यरत छन् ।

बुहारी भो घरमै बस्छिन् । उनले आफ्नो बुहारीलाई छोरी जस्तै ब्यबहार गर्छिन् । बुहारीले छोरी पाएपछी उनले घरमा पार्टी राखिन् । बुहारीलाई होन्डा सिटी कार खरिद गरेर उपहार पनि दिइन् ।

प्रकाशित भएको : January 4th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु