ताजा अपडेट :
||   कसरी भयो एउटै कोठामा आठ जनाको मृत्यु ?
||   आजको दिन कस्तो रहनेछ पढनुहोस आजको राशिफल
||   के हो भाइरल भइरहेको अष्ट्रेलिया का’ण्ड ? दिलनिशानी मगर भन्छन्, ‘नेपाली चेलीको अपमान नगरौँ ‘
||   सर्वेक्षण भन्छ गल्ति महिला प्रहरी जवान रमिला श्रेष्ठको
||   हेर्नुहोस् अष्ट्रेलिया काण्डको वास्तविक यस्तो रहेछ
||   सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा, यसरि चम्कियो भाग्य
||   नेपालमा यस्तो मन्दिर हेर्नुहोस, मागेका सबै कुरा पुरा हुने विश्वास भिडियो सहित
||   अस्ट्रेलिया कान्डको बास्तबिकता के हो त ? हेर्नुहोस पूरा जानकारी
||   सांसद मनाङ्गेले गरे एन्फा कास्कीका अध्यक्षमाथि कुट-पिट
||   शाहरुखकी छोरी सुहाना सामाजिक सञ्जालमा भाइरल
Wednesday, Jan 22, 2020


श्रीमतीले साढे चार करोड लुकाउदा उपसचिव ढुंगानालाई जेल

Loading...
ताजा समाचार | प्रकाशित भएको : January 4th, 2020

काठमाडौं : भ्रष्टाचार गरेको रकम आफ्नी श्रीमती मधु कोइराला (ढंगाना)को नाममा राख्दै आएका अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा (शुक्रबार) मुद्दा दायर गरेको छ ।

उपसचिव ढुंगानाले सार्वजनिक सेवाको पदमा रहेर पदको दुरुपयोग गरी भ्रष्टाचार गरी कमाएको ४ करोड ६८ लाख ४८ हजार पाँच सय ५६ रुपैयाँ जफत गर्ने मागदाबीसहित आयोगले ढुंगाना र उनकी श्रीमती मधुसहित आरोप पत्र दायर गरेको छ ।

अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगाना

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार २०४९ देखि २०७५ सम्म आर्जन गरेको ७९ लाख ५४ हजा ७ सय ९५ को तुलनामा सोही अवधिमा गरेको खर्च तथा लगानी ५ करोड ४८ लाख तीन हजार ३ सय ५६ रुपैयाँ देखिएको र निजले गरेको खर्च तथा लगानी ४ करोड ६८ लाख ४८ हजार पाँच सय ५६ रुपैयाँको स्रोत खुल्न नआएका हुँदा उपसचिव ढुंगाना र उनकी श्रीमती मधुलाई प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२), प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको जरिवाना र कैद हुनका साथै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग., दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगो दाबीसहित मुद्दा दर्ता गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु