ट्रकको ठक्करबाट १० बर्षिय बालकको मृत्यु


 

 

काठमाडौं / विद्यालय जाने क्रममा बाटो काट्दै गर्दा न्यूयोर्कको कोरोना सहर निवासी १० बर्षीय नेपाली विद्यार्थी श्रीजल पन्थीको गाडीको ठ क्करबाट जनवरी ७ तारिक मंगलबार मृ त्यु भएको घ टनामा न्युयोर्क शहरका मेयरले दुख प्रकट गरेका छन् ।

मेयर विल ब्लाजियोले स्थानीय मिडियासंग कुरा गर्दै दुख ब्यक्त गरेका हुन् । त्यसैगरी घ टनाको अनुसन्धान भइरहेको बताएका छन् ।

श्रीजल पन्थीसंगै दु र्घट नामा परी घा इते भएकी उनकी आमा मीना पन्थीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

समाचारअनुसार, स्थानीय फोहोर संकलन गर्ने ट्रकले बाटो काटिरहेका आमा छोरा मीन र श्रीजललाई विहान ७ बजेको आसपासमा ठ क्कर दिएको थियो ।

घा इते भएका दुबैजनालाई हतार हतार अस्पताल पुर्‍याइएको भए पनि उपचारका क्रममा बालक श्रीजलको मृ त्यु भएको हो ।

मेयर ब्लाजियोले ठ क्कर दिने ट्रकका चालकलाई कामबाट निलम्बन गरिसकिएको जानकारी संचार माध्यमहरुलाई दिएका छन् ।

न्यूयोर्कको सेनिटरी विभागले पनि यो घ टनालाई ग म्भीरतापूर्वक लिएको भन्दै घ टनाबारे छानविन भइरहेको बताएको छ ।

नेपालको गुल्मीबाट अमेरिका आएका पुरोषोत्तम पन्थीको परिवारमा परेको यो बज्रपातमा स्थानीय नेपाली समाजका विभिन्न संस्थाहरुले दु ख प्रकट गरेका छन् ।

प्रकाशित भएको : January 8th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु