ताजा अपडेट :
||   के हो भाइरल भइरहेको अष्ट्रेलिया का’ण्ड ? दिलनिशानी मगर भन्छन्, ‘नेपाली चेलीको अपमान नगरौँ ‘
||   सर्वेक्षण भन्छ गल्ति महिला प्रहरी जवान रमिला श्रेष्ठको
||   हेर्नुहोस् अष्ट्रेलिया काण्डको वास्तविक यस्तो रहेछ
||   सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा, यसरि चम्कियो भाग्य
||   नेपालमा यस्तो मन्दिर हेर्नुहोस, मागेका सबै कुरा पुरा हुने विश्वास भिडियो सहित
||   अस्ट्रेलिया कान्डको बास्तबिकता के हो त ? हेर्नुहोस पूरा जानकारी
||   सांसद मनाङ्गेले गरे एन्फा कास्कीका अध्यक्षमाथि कुट-पिट
||   शाहरुखकी छोरी सुहाना सामाजिक सञ्जालमा भाइरल
||   मैले अनुहार लु’काएँ भने मलाई ए’सिड हा’न्नेको जि’त हुन्छ ,म फेरि विद्यालय जान चाहन्छु : मुस्कान खातुन
||   आस्थाका बुवा रुँदै भन्छन्: कृपया तिललाई पहाड नबनाइदिनुस, छोरीको तर्फबाट म माफी माग्छु
Wednesday, Jan 22, 2020


खतिवडा अब अमेरिकाका लागि राजदूत ?

Loading...
ताजा समाचार | प्रकाशित भएको : January 9th, 2020

काठमाडाैं । गत शुक्राबार राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्दा ‘यो पटक २ वर्षे अवधि पूरा गरेका कसैलाई पनि नदोहो-याउने, मापदण्ड बनाइयो । त्यो अर्थमन्त्री युवराज खतिवडालाई पुनः संसद हुनबाट सदाका लागि पन्छाउने रणनीति बमोजिम आएको थियो ।

अब राष्ट्रपतिले मनोनयन गर्ने कोटामा पनि खतिवडा नपर्ने पक्का भयो । गत वर्ष अर्थमन्त्रीको सर्वाधिक आलोचना हुँदा खतिवडाले प्रधानमन्त्रीसमक्ष राष्ट्रियसभाको दुई वर्षको कार्यकालपछि आफूलाई अमेरिकाको राजदूत बनाइदिए चित्त बुझाउने आशय व्यक्त गरेको बताइन्छ । हुन पनि यता खतिवडाले त्यसो भन्नु र उता राजदूत डा. अर्जुन कार्कीलाई कार्यकाल सकिए पनि अर्को आदेश नभएसम्मका लागि थमौति गरिनुले शंका गर्नेलाई बल पुग्यो ।

खतिवडाका समकालीन पूर्व अर्थशास्त्रीहरु ‘नानीदेखि लागेको बानी’ भनेझै उनी जति ठूलो पदमा पुगेपनि रुचिचाहिँ राष्ट्र बैङ्कप्रति नै देखिएको बताउँछन् । यसबीच उनले अर्थमन्त्रीभन्दा पनि बढी वरिष्ठ गभर्नरको हैसियतले केन्द्रिय बैंकको माइक्रोमेनेजमेन्ट गरेको विभिन्न घटनाले पुष्टी गरेको छ । दौतरी भन्छन्, ‘उनी मुलतः मौद्रिक अर्थशास्त्री हुन् ।

तर, अर्थमन्त्री र राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा सामान्यतः सरकारी वित्त अर्थशास्त्रीलाई नियुक्त गर्दा राम्रो हुने पक्षलाई प्रधानमन्त्रीले बिर्सिदिए । यसकारण पनि खतिवडाले एक पछि अर्को ठूलो पद पाउँदै जाँदासमेत आफूलाई राष्ट्र बैङ्कको धङधङीबाट मुक्त राख्न सकेनन् ।’

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु