ताजा अपडेट :
||   कक्षा १२ र ११ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
||   कसरी भयो एउटै कोठामा आठ जनाको मृत्यु ?
||   आजको दिन कस्तो रहनेछ पढनुहोस आजको राशिफल
||   के हो भाइरल भइरहेको अष्ट्रेलिया का’ण्ड ? दिलनिशानी मगर भन्छन्, ‘नेपाली चेलीको अपमान नगरौँ ‘
||   सर्वेक्षण भन्छ गल्ति महिला प्रहरी जवान रमिला श्रेष्ठको
||   हेर्नुहोस् अष्ट्रेलिया काण्डको वास्तविक यस्तो रहेछ
||   सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा, यसरि चम्कियो भाग्य
||   नेपालमा यस्तो मन्दिर हेर्नुहोस, मागेका सबै कुरा पुरा हुने विश्वास भिडियो सहित
||   अस्ट्रेलिया कान्डको बास्तबिकता के हो त ? हेर्नुहोस पूरा जानकारी
||   सांसद मनाङ्गेले गरे एन्फा कास्कीका अध्यक्षमाथि कुट-पिट
Wednesday, Jan 22, 2020


विवाह गर्दै रवि ओड…

Loading...
ताजा समाचार | प्रकाशित भएको : January 12th, 2020

काठमाडौं / चर्चित गायन रियालिटि शो नेपाल आइडलको दोस्रो संस्करण विजेता रवि ओडको नयाँ गीतहरु बजारमा आउने क्रम जारिरहेको छ । नयाँ गीत र मेला महोत्सवहरुमा व्यस्त रहेका गायक ओडले विवाह गर्ने तयारीमा रहेको एक अन्तर्वार्तामा बताएका छन् ।

कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालीका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट २०५४ साल चैत्र महिनामा जन्मिएका रवि आमा बुवाको तेस्रो सन्तान हुन । मुख्य आयश्रोत र रोजिरोटिको आधार भारतको ‘वाचम्यान’को जिन्दगी बाँचिरहेका उनका बाज्या र बुवाले अछामबाट बसाइ सरेर कंचनपुर गएका थिए ।

उनको पुर्ख्यौली थलो साविकको अछाम बुढाकोट गाविस हो भने हाल साँफेबगर नगरपालीकामा पर्दछ । बाज्या र बुबाले अछाम छोडेर कन्चनपुर गएपछि उतै जन्मिएका उनि अछाम पुगेका छैनन तर उनि भित्र आफ्नो पुर्ख्याैली थलोमा पुग्ने अधुरो रहर भनै अझै जिवितै छ । लोटस आइ स्कुलमा १२ मा अध्यनरत रविलाइ संगितको रसले छोइरहेको छ ।

बाध्यता गरिवीको जिन्दगीले पिल्सिएका रविका बुढा बुवा अहिले पनि भारतमा ‘वाचम्यानको’ काम गरिरहेका छन । उनि आफै पनि भारतमा गएर काम गरेको स्मरण गर्छन । “केहि महिना भारतमा काम गरेँ तर बुवाले जति दुख हर्नुछ मुइ हरूला तु नेपालमा गैकन राम्ररी पढ” भनेपछि उनि नेपालमै फर्किएर पढ्न थाले ।

उनका बुवा चाहान्थे कि जुन दुख आफुले भोगिरहेको छु त्यो मेरा सन्तानले भोग्न नपरोस, जसरी आफुले अर्काको देशमा पसिना बगाइरेको छु त्यसरि मेरा सन्तानको रगत र पसिना आफ्नै देशमा बगोस…..

सामान्य परिवारमा जन्मिएका उनी आफ्ना बाज्याको प्रेरणाबाट गीत संगितमा लागेको बताउछँन् । बाज्याले अछामी माैलीक गितहरू गाउने गरेको उनि बताउछन । बाज्याले गाएको सुदूरपस्चिमेली देउडा र ठाडिभाका सुन्दा सुन्दै उनलाइ नेपाली गित संगितको मात चढ्यो । उनको आवाज बुढिगंगा जस्तै कलकल कलकल आफ्नै गतिमा बगिरहन्छ ।

तर जब उनि पप लगाएत अन्य हाइ रेन्जको गित गाउछन उनको आवाज बुढिगंगा जस्तै रहदैन एक्कासी बढ्ने छिपेखोलको रफ्तार र लयमा बग्न थाल्छ । यतिमात्र होइन उनि खप्तड रामारोशन जस्तै सुन्दर गित ठाडिभाका समेत गाउन सक्छन । खप्तड, रामारोशनको काखका रहेका उनि खप्तड, रामारोशनजस्तै राज्यको नजरबाट टाढा रहन चाहादैनन ।

आफ्नो हुनर सबै नेपालीलाइ देखाउन चाहान्छन । अहिले मेरो गित संगितको प्रेरक बाज्या र मलाइ जन्माउने आमा मसंग छैनन । यदि उनिसंगै भइदिएको भए यो खुसि सुरुमा उहाँहरूसंगै साट्ने थिएँ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु