हानिकारक ‘जंक फुड’ बहिस्कार अभियान संचालन हुने – जनचेतनाको लागि सेयर गरौ


 

काठमाडौँ – जनस्वास्थ्य सरोकारमा आ’व’द्ध विज्ञहरूले पत्रु खाना (जङ्क फुड) ब’हि’स्कार सम्वन्धी स’चेतना अभियान संचालन गर्ने भएका छन्। नेपाल जनस्वास्थ्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाली समाजमा पत्रु खाना ज’ङ्क फुड अत्यधिकरुपमा सेवनका कारण सबै भन्दा बढी मात्रामा बालबालिकाको स्वास्थ्यमा ग’म्भी’र असर पारिरहेको भन्दै उनीहरुले स’चेतना अभियान चलाउन लागेको कुरा पत्रकार सम्मेलन मार्फत घो’ष’णा गरेका हुन्।

जंकफुडमा पोषण तत्व अत्यन्त कम हुने र तिनलाई लामो समय जोगाउन प्रिजभेटिभको रुपमा प्रयोग हुने घा’त’क रसायन शरीरका लागि निकै हा’निका’रक हुनेकुरा अ’नुसन्धानले समेत देखाएको उनीहरूको दावि छ ।जनस्वास्थ्य सचेतना अभियन्ताका रुपमा सुपरिचितच डा.अरुणा उप्रेतीले जं’कफुड उपयोग र प्रोत्साहन गर्ने प्रवृत्तिलाई रोक्नुपर्ने बताइन् । ‘बजारमा पाइने आलु चिप्स , चाउचाउ, पेय पदार्थ जस्ता अस्वास्थ्यकर खानेकुरा उपभोग र बढावा दिने प्रवृत्ति रोक्न जरुरी छ,’ उनले भनिन्, जंकफुड भन्दा परम्परागत खानाले हाम्रो शरीरलाई आवश्यक पर्ने पोषण प्राप्त हुन्छ ।’

डा. उप्रेतीले पत्रु खानाको समस्या नेपालको मात्र नभएर विशित देशहरुमा समेत रहेको उनले बताइन्। बालबालिकाको शारीरिक र मानसिक विकासका लागि उनीहरूलाई पत्रु खानाबाट टाढै राख्नुपर्ने उनले बताइन्।उनले भनिन्, ‘नेपालमा पखाला लागेको समयमा र सुत्केरीलाई चाउचाउको सुप खुवाउनु पर्छ भन्ने अवधारणा छ। उसरी चाउचाउ खाँदा उनीहरुलाई आफू माथि हुने असरबारे अनविज्ञ हुन्छन्।’

यस्तै जनस्वास्थ्य विज्ञ डा.महेश मास्केले पछिल्लो समय जैविक खानालाई प्रोत्साहन गर्नु पर्ने समयमा पत्रु खानालाई उक्साहट दिने गरको बताए। उनले भने,‘हामी पनि कहिले काही स्वादका लागि हामीलाई हानी हुने पत्रु खाना खान्छौँ। तर त्यसलाई रोक्न आफैबाट परिवर्तन गर्न जरुरी छ। पत्रु खानालाई बहिस्कार गर्नु सजिलो छैन। यो कुनै औषधि प्रिस्क्राइब गर्ने वा सुई लगाइदिने जस्तो सरल काम होइन।’

पत्रु खाना बहिस्कारका लागि सबै भन्दा पहिला समाजको सोच बदल्न जरुरी रहेको उनले बताए। उनका अनुसार विभिन्न कारणले मानिसहरु चाहेर पनि आफ्नो व्यवहार परिवर्तन गर्न सकिरहेका छैनन्।त्यसैगरी कार्यक्रममा बोल्दै डा. रिता थापाले पछिल्लो समय सर्ने भन्दा पनि नसर्ने रोगको बढ्दै गएको ‘नसर्ने रोग आफ्नै बानी बेहोराबाट मात्र उत्पन्न हुन्छ।’

उनका अनुसार नेपालमा नसर्ने रोग बालबालिकामा धेरै देखिन थालेको छ। जसको मुख्य कारण भनेकै पत्रु खाना भएको उनको भनाइ छ। यस्ता खानो कुराले आफ्नो बालबालिकामा कस्तो असर पर्छ भन्ने कुरा जान्न अत्यन्तै जरुरी छ।उनले भनिन्,‘अभिभावकले सजिलो र स्वादिलो भन्दै मःमः चाउचाउ, चाउमिन, कोक जस्ता खाने कुरा तथा पेय पदार्थ खान दिने गरेको पाइन्छ। जसले गर्दा बालबालिकालाई कलिलै उमेरमा विभिन्न रो’गको सिकार हुनु परेको छ।’

बाहिरको खाने कुरा मःमः चाउमिन, कुरकुरे भन्दा आफ्नै भान्सामा पाकेका खाने कुरा रोटी, तरकारी, चना, चिउरा र मकै, भटमास, अण्डा जस्ता खाने कुरामा खान विज्ञहरुले आग्रह गरेका छन्। ८ जना चिकित्सकहरुले पत्रु खानावि’रु’द्ध अभियानका लागि ह’स्ताक्षर समेत गरेका छन्।

प्रकाशित भएको : January 13th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु