ताजा अपडेट :
||   कक्षा १२ र ११ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
||   कसरी भयो एउटै कोठामा आठ जनाको मृत्यु ?
||   आजको दिन कस्तो रहनेछ पढनुहोस आजको राशिफल
||   के हो भाइरल भइरहेको अष्ट्रेलिया का’ण्ड ? दिलनिशानी मगर भन्छन्, ‘नेपाली चेलीको अपमान नगरौँ ‘
||   सर्वेक्षण भन्छ गल्ति महिला प्रहरी जवान रमिला श्रेष्ठको
||   हेर्नुहोस् अष्ट्रेलिया काण्डको वास्तविक यस्तो रहेछ
||   सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा, यसरि चम्कियो भाग्य
||   नेपालमा यस्तो मन्दिर हेर्नुहोस, मागेका सबै कुरा पुरा हुने विश्वास भिडियो सहित
||   अस्ट्रेलिया कान्डको बास्तबिकता के हो त ? हेर्नुहोस पूरा जानकारी
||   सांसद मनाङ्गेले गरे एन्फा कास्कीका अध्यक्षमाथि कुट-पिट
Wednesday, Jan 22, 2020


धुलिखेल–बर्दिवास सडक स्तरोन्नति शुरु

Loading...
ताजा समाचार | प्रकाशित भएको : January 14th, 2020

धुलिखेल–सिन्धुली–बर्दिवास सडकअन्तर्गत विभिन्न खण्डमा कालोपत्र शुरु गरिएको छ । चालू आर्थिक वर्षमा झण्डै ४२ किलोमिटर सडक स्तरोन्नतिको योजना रहेकामा अहिलेसम्म पाँच किमी सकिएको र बाँकी सडक स्तरोन्नति हुने क्रममा रहेको धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले जनाएको छ ।

एक सय ६० किलोमिटरको सो सडकमा चार खण्ड छन् । चारै खण्डमा मर्मतको काम भइरहे पनि पहिले सम्पन्न नेपालथोक–धुलिखेल खण्डमा सडक मर्मत गर्नुपर्ने देखिएको छ । यो सडक सम्पन्न भएको झण्डै १८ वर्ष भइसकेको छ ।

सबैभन्दा पछि सम्पन्न भएको खण्डसमेत आठ वर्ष भइसकेकाले अहिले मर्मत गर्न लागिएको आयोजना व्यवस्थापक सुर्यबहादुर भाटले बताउनुभयो । उहाँले भन्नुभयो, “स्तरोन्नतिका लागि ठेक्का सम्झौता पनि भइसकेको छ ।”

काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने मार्गका रूपमा रहेको सो सडक जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको थियो । सडक चार खण्डमा निर्माण भएको थियो । सोमध्ये बर्दिवास–सिन्धुली बजार (३७ किमी लम्बाइ), सिन्धुलीबजार–खुर्काेट (३७ किमी), खुर्काेट–नेपालथोक (३७ किमी) र नेपालथोक–धुलिखेल (५०) किमी रहेको छ । जापान सरकारको सहयोगमा सन् १९९६ मा निर्माण शुरु गरेर सडक सन् २०११ मा सम्पन्न भएको आयोजनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु