ताजा अपडेट :
||   अन्ततः पक्राउ परिन् गायिका आस्था राउत
||   ८ जना भारतीयका परिवारलाई नेपाल सरकारबाट क्षतिपूर्ति दिलाउन केरलाका मुख्यमन्त्रीको माग
||   एमसीसी पास गर्ने सांसदलाई जिल्ला जिल्लामा ना’काब’न्दी लगाईदिन्छौ- नेकपा नेता भण्डारी
||   प्रिय रविजी, तपाईं प्रधानमन्त्री भएको हेर्ने रहर छ ! : दिलनिशानी
||   काठमाडौँमा फेला परिन् ठाउँको ठाउँ गायब हुने बालिका ! तिन दिनसम्म कहाँ जान्छिन् ? (हेर्नुस् पुरा भिडियो)
||   यी युवतीले सारी लगाएर पानीमा लपक्कै भिज्दै गरेका तस्विर सामाजिक सञ्जालमा हालेपछि
||   रवि लामिछानेको पहलमा ६ करोड २२ लाखमा रास्कोट अस्पतालको निर्माण शुरु, यिनै हुन् २ करोड दिने चाइनिज हिरो
||   जहाँ विहे अघि यौ’न स’म्पर्क नगरुन भनेर युवतीको यो’नी सिलाईन्छ !
||   २००० वर्ष पुरानो शिवलिंग, आउँछ तुलसीको सुगन्ध
||   ठाडो भिरमुनी यि महिलाको अचम्मको काम, एक दिनमा नै गर्छिन् १० हजार बढी आम्दानी (भिडियो)
Monday, Jan 27, 2020


पर्यटन बोर्डको सिइओका लागि तीन जनाको नाम सिफारिस

Loading...
ताजा समाचार | प्रकाशित भएको : January 19th, 2020

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ। अहिले कार्यकारी रहेका दिपकराज जोशीको कार्यकाल सकिन लागेपछि नयाँ सिइओ छनौटको प्रक्रिया अघि बढेको हो।

आइतबार बसेको छनोट समितिको बैठकले ९ जनाको नाम सिफारिस गरेको थियो । समितिले काशिराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिकमत सिंह ऐरको नाम छनोट गरेको थियो।

त्यसमध्येबाट सिफारिस हुनेमा डा धनन्जय रेग्मी,दीपक बस्ताकोटी र हिक्मत ऐर रहेका छन्। अब भोलि बस्ने बोर्डको बैठकले यी मध्ये एक जनालाई नयाँ सिइओ बनाउनेछ।

चार वर्षको कार्यकाल हुने पर्यटन बोर्डको सिइओले सेवा सुविधा तथा तलब आकर्षक हुन्छ। देशविदेश भ्रमणको अवसर। आकर्षक टिएडिए। पाँचतारे सुविधा जस्ता यो पदका आकर्षण हुन्। अहिलेकै अवस्थामा पनि करिब ३ लाख मासिक तलब हुने यो पदमा धेरैको आकर्षण छ।

बोर्डको अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हुन्छन्। बोर्डमा सरकारी पाँच र निजी क्षेत्रका छ गरी ११ जना सञ्चालक समिति सदस्य रहने व्यवस्था छ।

सिइओ नियुक्त भएपछि सरकारी वा गैरसरकारी अन्य जिम्मेवारीबाट मुक्त हुनुपर्ने कानूनी व्यवस्था छ।

बोर्डको सिइओको प्रतिस्पर्धाका लागि निवेदन दिएका १७ प्रतियोगीमध्ये उनीहरुको शैक्षिक प्रमाणपत्र र अनुभवका आधारमा ‘सर्टलिस्ट’ गरिएको थियो।

सर्टलिस्टमा परेका नौ जनालाई विज्ञसहितको सहभागितामा समितिले प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो। समितिका दुई विज्ञका रूपमा पूर्व पर्यटनसचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे रहेका थिए।

बोर्डको सिइओ छनोटका लागि सिफारिस गर्न पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका सञ्चालक समिति सदस्य पौडेल र कृष्णबहादुर महरा रहेको उपसिमित बनाइएको थियो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहेको बोर्ड सञ्चालक समितिले सिइओ नियुक्त गर्ने व्यवस्था छ। समितिले बनाएको सिइओ छनोट कार्यविधि मातहत रही सिइओका लागि आवेदन माग गरेको थियो। गत मङ्सिर १८ गते प्रकाशित विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु