चरम या तनापछि अस्पतालमै आ त्मह त्या गरेकी डा. पायलले आमाबुवालाई अन्तिम समयमा लेखेको त्यो चिट्ठी


 

पायल तड्वी मुम्बईको बीवाईएल नायर अस्पतालमा जुनियर डाक्टर थिइन् गाइनोकोलोजीमा एमडी गरिरहेकी थिइन् आफ्ना तीन वरिष्ठ डाक्टरको उत्पीडन र जातीगत टिप्पणीका कारण तनावमा भएकी उनले २२ मे मा अस्पतालको कोठामा झुण्डिएर आ त्मह त्या गरेकी थिइन् डाक्टर पायल तड्वीले होस्टेलको कोठामा आ त्मह त्या गरेकी थिइन् यो मामलाा तीन सिनियर डाक्टरलाई प क्राउ गरेको थियो घटना भएको दुई महिना बढी बितिसकेको छ र यतिका समय बितिसकेपछि पनि उनले अन्तिम समयमा लेखेको तीन पानाको चिट्ठी सार्वजनिक भएको छ जुन उनले आमा–बुवालाई लेखेकी छिन् । यसलाई चिट्ठीभन्दा पनि सु साइड नोट भन्न मिल्छ जसमा डाक्टर तड्वीले आ त्मह त्याको कारणबारे जानकारी दिएकी छिन् ।

यस्तो छ चिट्ठीः

आफ्नो जीवन समाप्त गरेकोमा आमा–बुवा म तपाईंसँग माफी माग्छु । मलाई थाहा छ, तपाईंहरुको लागि म कति विशेष छु तपाईंहरुले मेरो लागि कति दुःख गर्नुभएको छ तर यतिबेला कति कुराहरु असह्य छन् । म उनीहरुसँग एक मिनेट पनि बस्न सक्दिनँ ।

पछिल्लो एक वर्षदेखि मैले उनीहरुलाई सहिरहेको थिएँ, मात्र एउटा आशाले कि एकदिन यी सबै कुरा समाप्त हुनेछ तर अब मैले मात्र अन्त्य देखिरहेकी छु वास्तवमा योबाट बाहिर निस्कने कुनै बाटो छैन, मैले यहाँबाट बाहिर निस्कने कुनै बाटो देखिरहेको छैन म फसेकी छु दिन बित्दै गए तर यहाँबाट निस्कने कुनै बाटो देखिरहेको छैन यस्तो किन ? हामीमा यस्तो के छ जसले यस्तो समस्या झेल्नुपरिरहेको छ ।

हरेक कोसिसपछि आज यो निर्णयमा पुगेकी छु हाम्रो लागि कोही पनि उभिदैनन्, त्यो मैले पाएँ डिपार्टमेन्टमा यस्ता कोही पनि छैनन् जसले हाम्रो समर्थन गर्छन् वास्तवमा यो हामी सबैको गल्ती हो अथवा गल्तीले हामीले यस्तो सोचेको पनि हुनसक्छ म सधैं स्त्रीरोग विशेषज्ञ बन्न चाहन्थेँ यो मेरो प्यासन हो मैले यो कलेजमा कदम राखेँ किनभने राम्रो संस्था हो मज्जाले सिक्न पाइन्छ ठानेँ तर मानिसहरुले आफ्नो रंग देखाउन सुरु गरे । सुरुमा मैले र स्नेहलले केही पनि भनेनौं तर यातना त्यो स्तरसम्म जारी रह्यो जसलाई मैले सहन सकिनँ मैले उनीहरुविरुद्ध ऊजुरी दिएँ तर यसको कुनै निष्कर्ष निस्किएन । स्थिती त्यस्तै थियो र दिन बितिरहेको थियो । हामीमाथि हरेक दिन यस्तै व्यवहार हुन्थ्यो बिरामी, स्टाफ सबैको अगाडि ।

मैले आफ्नो व्यवसायिक र व्यक्तिगत जीवन सबै गुमाएको छु किनभने जबसम्म म यो अस्पतालमा छु तबसम्म मलाई केही पनि सिक्न दिइने छैन भनेर घोषणा नै गरे मलाई पिएमसी वार्डमा पोष्ट गरियो जहाँ मैले एनसी र गायनोका बिरामीबारे केही पनि सिक्न पाउँदिनँ मलाई पछिल्लो तीन हप्तादेखि लेबर रुम सम्हाल्न प्रतिबन्ध लगाइएको छ किनभने उनीहरु मलाई यसमा कुशल मान्दैनन् । मलाई बिरामीको परीक्षण गर्न अनुमती दिइएको छैन ।

पूरा कोसिस गर्दा पनि स्थितीमा सुधार भइरहेको छैन म मानसिक रुपमा विक्षिप्त भएको छु यहाँ काम गर्नका लागि माहौल ठिक छैन माहौल परिवर्तन हुनेछ, यसको आशा गुमाइसकेकी छु किनभने मलाई थाहा छ कि यस्तो हुनेछैन । आफ्नै लागि आवाज उठाउनुको केही फाइदा छैन मेरो र स्नेहलको स्थितिका लागि हेमा अहूजा, भक्ति मेहरा र अंकिता खण्डेलवाललाई जिम्मेवार ठहराउँछु मैले निकै कोसिस गरेँ । थुप्रै पटक अगाडि आएँ, म्याडमसँग कुरा गरेँ तर केही पनि भएन मैले साँच्चै केही बाटो देखिनँ । म केवल अन्त्य देख्न सक्छु ।

यो कदम उठाएकोमा म माफी चाहन्छु आफ्ना साथीबारे धेरै सोचेँ, मलाई थाहा छैन कि स्नेहलले यी तीनजनाको कसरी सामना गर्नेछिन् । उनलाई ती व्यक्तिहरुको अगाडि छोड्न डर लागिरहेको छ ।’

यो मामलामा बम्बे हाइकोर्टमा सुनुवाई चलिरहेको छ ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु