धुवाँ रहित सुधारीएको चुलो कार्यक्रम सुरु, वातावरण सन्तुलन दाउराको बचत


 

अर्घाखाँचीको मालारानी गाउँपालिका वार्ड -५ बाँगी मा धुवाँ रहित सुधारीएको चुलो कार्यक्रम सुरु भएको छ । कार्यक्रमले मालारानीका अधिकांस घर सफा , वातावरण सन्तुलन र दाउराको बचत भएको छ ।

अर्घाखाँचीमा “स्वस्थ चुलो नेपाल” नामक गैरसरकारी संस्थाले दाता Die Ofenmacher e . V. Germany को आर्थिक सहयोगमा ” धुवाँरहित चुलो कार्यक्रम ” ल्याएको हो । अर्घाखाँचीमा किरण लामाको अध्यक्षता मा २७ जना को टोलि यस कार्यक्रम को लागी खटाइएको छ । चुलोको समान व्यवस्थापन गर्ने जिम्मेवारी शिव आले ले पाएका छन ।

मालारानीका २२१ वटा घरमा सुधारिएको चुला बनाएको चुलाकारीगर कुलदिप थापा मगर ले बताए । सुधारीएको चुलोले सफा भान्सा ,थोरै दाउरामा खाना पाक्ने भएकोले दाउरा बचत भइ जंगल जोगीने हुन्छ । धुवाँ रहित चुलोले आखा चिलाउने खोकी लाग्ने जस्ता समस्या बाट बच्न पनि सकिन्छ । सुधारिएको चुलोको सहि उपयोग गरेमा आगलागी तथा पोल्ने घटना कम हुने कुलदिप थापा मगर बताउछन ।


स्वस्थ चुलोको मर्मत ठुलो परिवार भएमा १५ दिनमा गर्नु पर्ने हुन्छ । यदि सानो परिवार छ भने २५ दिनमा चुलो सफा गर्नु पर्ने थापा मगर बताउछन । मालसामान र ज्याला सहित शुल्क २०० लिने गरेको बताए । अधिक जानकारी लिन परेमा किरण लामा मोबाइल न.९८६१५०६९७५ , कुलदिप थापा मगर- ९८४४९२०६७१, ९८१०९८५५५८ रहेको छ ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु