बालुवाटार जग्गा प्रकरणमा मुछिएका कांग्रेस नेता श्रेष्ठले गरे आ*त्मह*त्या


 

काठमाडौं- प्रधानमन्त्री निवासको सरकारी जग्गा प्रकरणमा मुछिएका युक्तप्रसाद श्रेष्ठले आ*त्मह**त्या गरेका छन्।

माछापोखरीस्थित सपिङ मलको सातौं तलाबाट हाम फा लेर उनले आइतबार आ*त्मह**त्या गरेका हुन्। अवकाश प्राप्त नायब सुब्बा उनी पर्वत कांग्रेसका नेता समेत हुन् । महानगरीय प्रहरी वृत्त बालाजुले उनको आ*त्मह**त्या पुष्टि गरेको हो ।

घटना लगत्तै प्रहरीले श्रेष्ठलाई तत्काल उपचारका लागि पिपुल्स अस्पताल लगेको थियो। अस्पतालले उनलाई मृ त घोषणा गरेको थियो । सपिङ मलमा किनमेलका लागिभन्दा पनि उनी आ*त्मह**त्याका लागि सातौं तलामा गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।


सुवर्ण समशेर र उनको परिवारको नाममा कुनै समय रहेको २९९ रोपनी जग्गा पहेँलो घेरामा। तस्बिरः गुगल म्याप

उनी ललितानिवास परिसरको सरकारी जग्गा सत्ता, शक्ति र पदको दुरुपयोग गरी निजी बनाउने कार्यमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानिबन दायरामा थिए । मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा फाइल खडा गर्ने लगायतका काममा श्रेष्ठको संलग्नता भेटिएको थियो ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु