दाह्री पाल्नु स्वास्थ्यका लागि उत्तम, लाग्दैनन् यस्ता प्राण घा तक रो ग


 

अचेल युवापुस्तामा दाह्री पाल्ने फेसन नै चलेको छ । स्कूल कलेज पढ्ने टिनएजर हुन् वा अफिसमा काम गर्ने कर्मचारी नै किन नहुन्, धेरैजसो पुरुषहरुले अचेल दाह्री पालेकै देखिन्छ ।


दाह्री जुँगा पाल्ने विषय धेरै पुरुषहरुको शोखको विषय हुन्छ । चट्ट पारेका दाह्री जुँगा पालेका ह्याण्डसम पुरुषहरु युवतीहरुको आकर्षणको केन्द्र बन्ने कतिपयको बुझाइ समेत छ । विश्वका ठूला ठूला तथा चर्चित व्यक्तिहरु र खासगरी वैज्ञानिक र कलाकारहरुले दाह्री पालेकै पाइन्छ । त्यसैले दाह्री पाल्नुलाई मानिसको ज्ञान तथा विकेक र प्रतिष्ठाको सूचकको रुपमा समेत लिइन्छ ।

कतिपयले शौखका लागि पनि दाह्री पाल्ने गरेको पाइन्छ । दाह्री पाल्नुका छुट्टै फाइदा पनि छन् जो उनीहरु स्वयंलाई थाहा नहुन पनि सक्छ । हालै गरिएको एक अध्ययनले दाह्री पाल्दा धेरै प्रा ण घा त क रोगबाट मुक्त हुन सकिने तथ्य सार्वजनिक गरेको छ ।


सूर्यबाट आउने परावैजनिक किरणलाई दाह्रीले सिधै अनुहारमा पर्न नदिई रोक्ने गर्दछ । त्यस्तो हानीकारक किरणलाई छेक्ने भएकाले दाह्रीले अनुहारको चमकमा क्षति हुन दिँदैन ।

त्यस्तै, एलर्जीको समस्या छ भने पनि दाह्रीले सहयोग गर्ने अध्यनले देखाएको छ । यसले एलर्जेनलाई रोकेर एलर्जी हुन दिँदैन । दाह्रीले धेरैजसो घातक रोग लाग्नबाट जोगाउन सहयोग गर्दछ । सूर्यको प्रत्यक्ष किरणबाट अनुहार जोगिने भएकाले कुनै दाग, धब्बा र डन्डीफोरको समस्याबाट पनि दाह्री पाल्नेहरु मुक्त हुने अध्ययनले देखाएको छ ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु