अवश्य हेर्नुहोस : फुटपाथमा सामान बेचेर कुकुरलाई मासु – भिडियो


 

यो ब्यस्त सहर, यहाँ हर कसैलाई आफ्नै पिर छ , आफ्नै चाँसो छ, बाँकि दुनिया कसैको प्रवाह पनि छैन । झन् पछिल्लो समय त हत्या हिंशा, लुटपाट लगायतका अपराधका समाचार एक पछी अर्को सुनिरहन्छन् । यहाँ बिस्तारै मान्छे बाट मानवता हराउदै गएको भान भइरहन्छ ।

यहि सहरमा बस्ने एकजना फरक व्यक्तिलाई आज हामी तपाइको माझमा जोडदैछौ । जसको सोच अरुको भन्दा बेग्लै, जसको दिनचर्या अरुको भन्दा बेग्लै छ । यहाँ त्यस्तै परे मान्छेले त मान्छेलाई चिन्दैनन् । तर यहि त्यस्ता मन्छे पनि छन् यसको मित्रता पशुपन्छी हरुसंग छ, जसलाई चिन्त्ता त्यिनै पसुपंछीहरुको छ ।

जो दिनहु कुकुर र कागलाई मासु खुवाउछन् हरेक दिन । आफु फुटपाथमा समान बेच्छन र त्यहीबाट जम्मा भएको पैसाले मासु किनेर कुकुर र कागलाई खुवाउछन । उनीहरुको यो मित्रता देख्दा साच्चिकै मन छुन्छ ।

काठमाडौं महानगरपालिका २८ मंगेमुढा न्युरोड आसपासमा जन्मिएका रुपक दर्जिले २०५१ सालमै इन्टर लेभलको शिक्षा हासिल गरेका रहेछन । सानैमा घर छोडेर हिडेका उनि आफुले धेरै पटक भोकभोकै बस्नु परेको पिडाकै कारण अहिले पशुपन्छीलाई मासु खुवाउदै हिडेको बताउछन् । घर छोडेपछी १२ बर्षसम्म पत्रिका बेचेर जिन्दगि गुजारेका रुपक अहिले फुटपाथमा सामान बेचछन् ।

आमा बुवालाई असाध्यै माया गर्ने रुपक पत्रिका बेचेर कमाएको पैसा घरमा बा आमालाईनै दिन्थे । अहिले उनका बुवा छैनन् । त्यिनै बालाई सम्झेर भक्कानिन्छन उनि । आफ्नाहरु यहि सहरमा छन् तर पनि उनका आफ्ना त्यिनै पशुपंक्षीहरु हुन् । यतिसम्म कि जिन्दगीका सारथी आफ्ना सन्तान नै त्यिनै पशुपंक्षीलाई मान्छन । उनि भान्छन यदि यिनीहरु मरे भने म त बौलाहा हुन्छ होला ….

भिडियो हेर्नुहोस

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु