बधाई ! नेपालका सुशीलले एकै मुक्कामा ढाले पाकिस्तानी खेलाडी


 

नेपालका सुशील थापाले पाकिस्तानी खेलाडी इर्दलाई पराजित गदै क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।

थाईल्याण्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्र्तगत ४९ केजी लाईट फ्लाइट तौलमा नेपाल आर्मीमा आवद्ध मुक्केबाज सुशिलले पाक्स्तिानी मुक्केवाज इर्द उल्लाइलाई दोश्रो राउण्टको दोश्रो मिनेटमा आरएससीको आधारमा हराउदै क्वाटर फाईनलमा प्रवेश गरेका हुन ।

सुशीललले दोश्रो राउण्डको पहिलो मिनेटमा उल्लाहलाई ढाले पछि काउण्डमा परेका थिए । लगातार उत्कृष्ट मुक्का प्रहार गरेका सुशीलले उल्लाइलाई एकै राउण्टमा तीन पटक काउण्टको धरापमा पारेका थिए ।

अन्तर्राष्ट्रिय बक्सिङ संघको नियम अनुसार एउटै राउण्टमा तीन पटक काउण्ट पाए पछि खेलाडीले धेरै मार खानु नपरोस भनि रेफ्रिले खेल रोक्दै बिपक्षलाई बिजयी गराउने नियम छ । नेपालमा हुने १३औं सागको तयारीका लागि नेपाल बक्सिङ संघले बिगत २ हप्ता देखि ७ महिला र १० पुरुषलाई थाइल्याण्डमा बैदेशिक प्रशिक्षणमा राखेको छन् ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु