अबको केही वर्षमा नेपाल विश्वको सबैभन्दा सभ्य मुलुक बन्छ : अध्यक्ष प्रचण्ड


 

काठमाडौं । नेपालमा रोजगारीको अवस्था नभएको भन्दै आज पनि नेपालको आधा भन्दा धेरै युवा विदेशमा छन् । उनीहरु त्यहाँ श्रम गरेर परिवार र आफुमात्रै नभई सिंगो देश नै चलाउँदै आइरहेका छन् । सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको भए पनि प्रभावकारी भएका छैनन् । यो बीचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाले आँट मात्र गरे नेपाल सबैभन्दा सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्ने उल्लेख गर्नुभएको छ ।

लियो क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘युवाले लक्ष्य ठूलो राखेर हिँड्यो भने हामीले लक्ष्य हासिल गर्न सक्छौँ । आफ्नो अगाडिको ठूलो लक्ष्य र त्यसको प्राप्तिका लागि साधना, निष्ठा र निरन्तरको प्रयासले नै नयाँ ठाउँमा हामीलाई पुर्‍याउन सक्छ ।’ उहाँले दशदेखि बीस वर्षभित्र नेपाल संसारकै सबैभन्दा सभ्य र सुसभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बनाउँन युवाको मुख्य भुमिका रहने बताउनुभयो ।

नेपाल विचार निर्माण र सिर्जनाको दृष्टिकोणले धेरै अगाडि जान सक्ने कुरामा उहाँले जोड दिनुभयो । नेपाल संसारको अग्लो टाकुरा भएको देश भएको भन्दै यहाँ बोलेको कुरा विश्वले सुन्ने बताउनुभयो । अध्यक्ष दाहाललले समाज विविध विचार, व्यक्तित्व र रचनाको समिश्रणबाट बनेको बताउनुहुँदै युवालाई आफूभित्र समाज, राष्ट्र र मानवजातिका निम्ति नयाँ सङ्कल्प र नयाँ आकाङ्क्षा प्रतिबद्धताको रुपमा विकास गर्न आग्रह गर्नुभयो ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु