म पनि एक महिला हुँ, तर श्रीमानलाइ बिगार्ने महिला नै हुन, सहमत भए एक शेयर गर्नुहोला।


 

मेरो भनाइमा सहमत हुनेले सेयर गर्नुस ! म पनि महिला हु तर श्रीमानलाई बिगार्ने महिलानै हुन् ! हामी महिलाहरु ले नै पुरुषलाई # भ्रष्टाचारि # जड्याहा ! पर स्त्री गमन (बाहिर मन तन डुलाउने घरमा बस्न मन नगर्ने) एस्तो स्वभाव को हुन बाध्य बनाउछौ ! आफ्नो श्रीमानलाइ अनावश्यक तनाव (अरुको धन सम्पत्ती वा गहना सङ्ग तौलेर), अनावश्यक केयर (बारम्बार निगरानी केरकार), माइती वा साथीहरू आफन्तको सामु हेपेर वा होच्याएर बोल्ने यस्ता काम कहिले नगर्नुहोस्.नेपाली श्रीमान साच्चिकै # देवदुत सावित हुनेछ्न ग्यारेन्टी ”

सामाजिक सञ्जालमा राखिएका पोस्टहरु, – गरिएका टिप्पणीहरु देख्दा ताजुब लागेर आउँछ। होइन, हामी नेपाली के भयौं यस्तो, हामीमा कुनै सकारात्मक भाव नै छैन कि जस्तो। यिनै विषयहरु मनमा खेलिरहेका थिए। यो नकारात्मक सोचले भरिएको समाज नै छोडेर कतै एकान्तमा गएर बसुँबसुँजस्तो लाग्ने भइसकेको छ। मनमा भएको खटपट कम हुन्छ कि भनी साँझ पशुपतिको आरती हेर्न जान मन लाग्यो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पशुपति परिषदबाहिर रहेको सवारी पार्किङमा साधन राखेर भित्र प्रवेश गरेलगत्तै विभिन्न ठाउँमा सवारी साधन प्रवेश निषेध भनेर लेखिएको पोस्टर टाँसिएको थियो। तर, जति नैतिकताको भाषण गरे पनि हामी ब्ववहारिक भने छैनौं। आफ्नो सहजताका लागि पशुपति मन्दिरको छेउसम्मै सवारी साधन लैजानेको ठूलै ताँती थियो ।

पशुपति पुग्दा आरती सुरु भइसकेको थिएन। मानिसहरुको चाप बढ्दो थियो। म पुलमा बसेर त्यही भीड हेरिरहेको थिएँ। यता बाग्मतीको किनारमा लास जलाइरहेका थिए, पशुपतिअगाडि आरती हेर्ने मानिसहरुको हुल थियो। मानिसको जीवन के नै छ र ? कुन दिन मर्ने अत्तोपत्तो छैनझैं लाग्यो, एकछिन त्यही जलाइरहेको लास हेरिरहें। तर, त्यो पीडाभन्दा खुशी हुन त मानिसहरुको भीड नै उपयुक्त लाग्यो।

एकछिनमा आरती सुरु भयो। त्यो धुन, त्यो घण्टीको आवाज अनि त्यो आरती देख्दा र सुनिरहँदा सबै पीडा यतै सकिन्छ कि भन्ने भइरहेको थियो, सबै भक्तालुहरु त्यसैमा रमाइरहेका थिए। वाचकले भक्तजनलाई ताली पिट्न आग्रह गरिरहेका थिए, सबै खुशीसाथ ताली पिटिरहेका थिए। मन आनन्दित भइरहेको थियो।

हामीले Youtube मा निरन्तर रुपमा भिडियोहरु अपलोड गर्दै आइरहेका छौं । हामी अगाडी बढ्नको लागि तपाइको साथको खाँचो छ । यस च्यानललाई Subscribe गरेर हामीलाई सहयोग गरिदिनुहोस् ।


तर, एक्कासी आँखा पशुपतिको अगाडि लास बोकेर ल्याइरहेको दृश्यतिर गयो। ताली पिट्दै गरेक हात एक्कासी रोकिए, हाँसिरहेका अनुहार मलिन भए। जति आनन्द महशुस भएको थियो, त्योभन्दा सयौं गुणा बढ्ता पीडा महशुस गर्‍यो यो मस्तिष्कले। सयौंको बीचमा कोही रुँदै लासको पछिपछि, अनि अरु ताली पिट्दै गरेको दृश्य देख्दा मन खिन्न लाग्यो।

मन्दिर अगाडि बसिरहेका मानिसहरु लास ल्याउन साथ ज¥याकजुरुक उठेर छेउ लाग्न थाले। आरती चलिरहेकै छ, त्यहाँ मृ*तकका आफन्त चि*च्चाउँदै रो*इरहेका छन्, वा*चकले वाचन गरिरहेकै छन्, भक्तजनहरु कोही ताली पिटिरहेका छन्, कोही नाँचिरहेका छन्। बिचरा, त्यो मृ*तकको परिवारमा कस्तो पीडा महशुस गरिरहेको होला ? कस्तो मानस्पटल बनाएको होला।

रोदनमा बजेको ताली र नाँच मलाई पाच्य भएन र मेरो आरती हेर्ने चाहना त्यतिमै सकियो। जीवन कहिले सकिने हो, कसैलै अन्दाज पनि छैन। हामी मानव हौं, आफन्त होस् वा पराई, हामीमा मानिसप्रति सम्वेदना जाग्छ। तर, पशुपतिको दृश्यले म निरुत्तर भएर फर्किएँ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु