नेपाली युवतीले लगाए २ अर्ब ४७ करोडको मेहन्दी, पोतेमात्र ५ करोडको आयात


 

काठमाडौं, १३ साउन । साउन हरियो चुरा, पोते र मेहन्दीको महिना हो । पछिल्लो समय समाजमा यो प्रचलन सँस्कृतिका रुपमा विकास भइरहेको छ । यो सँस्कृतिले युवतीमा नभएर महिलालाई पनि छोएको छ । महिलाहरुले साउन महिनाभरी हातमा मेहन्दी भर्ने गर्छन् । विगतमा धेरै जसो विवाहितहरुले मात्र मेहन्दी लगाउने गर्थे भने केही वर्षयता युवतीहरु माझ पनि मेहेन्दीको मोह बढ्दै गएको छ ।

साउन लागेपछि उनीहरु ब्युटीपार्लर तथा मेहन्दी आर्ट समक्ष पुगेर हात तथा खुट्टामा मेहन्दी लगाउने गर्छन् । विवाहितहरुका लागि साउनको महिना विशेष हुने गरेको छ । वर्षा र झरीको संगमका रुपमा साउन महिनालाई लिइन्छ । धार्मिक हिसावले पनि हिन्दू नारीहरुको लागि महत्वको महिना हो साउन । साउन लागेपछि हरिया चुराको पहिरन र मेहन्दी मात्र होइन । विवाहित महिलाहरुले पतिको दिर्घायुको कामना गर्दै र अविवाहितहरुले राम्रो वरको कामना गर्दै सोमवार व्रत बस्ने गरेका छन् ।

महिनाभरी माछा, मासु, अण्डा, लसुन अदुवा नखाइ साउनको सोमवार व्रत बस्ने गर्छन् । साउन महिना भगवान शिवको महिना भएको शास्त्रीय मान्यता रहेको छ जसका कारण भगवान शीवलाई प्रशन्न बनाउनका लागि महिला शिवमन्दीरमा पूजा आराधनाका लागि पुग्ने गरेका छन् । भगवान शिव प्रकृति प्रेमी भएको र हरियो रंगले प्रकृतिको प्रतिनिधित्व गर्ने भएका कारण साउनमा हरियो चुरा पोते र कपडा लगाउने चलन चलेको विश्वसा गरिन्छ ।


मेहन्दी, पोते र चुराको आयतसँग महिलाहरुको आकर्षण साउनमा हरियो साह्री, चुरा,पोतोको खपत धेरै हुने भएपछि यसको माग अत्याधिक हुने गरेको छ । भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने गत वर्ष २ अर्ब ४७ करोड ६४ लाख रुपैयाको मेहन्दी आयत भएको छ । पछिल्ला समय नेपाली बजारमा मेहन्दीको माग बढ्दै गएको र आयत पनि बढिरहेको भन्सार विभागले जनाएको छ ।

नेपालमा प्रयोग गरिने अधिकांश कस्मेटिकका सामान भारतबाट आयात हुन्छ । यस्ता सामान ९५ प्रतिशत भारतबाटै आयत हुने विभागका सूचना अधिकारी शिशिर घिमिरेले खबरहबलाइ जानकारी दिए । ‘आयत हुनेमा भारत, चीन, जर्मन लगायतका मुलुकहरु पर्छन्’ उनले भने । त्यस्तै आर्थिक वर्ष २०७५र७६ को तथ्याङ्क हेर्दा ५ करोड ४५ लाख रुपैयाको टिका, टिकुली, ब्याङ्गल र पोते आयत भएको पाइएको छ ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु