दीपक मनाङे ६ हजार धरौटीमा रिहा, मनाङेले कुटेका गुरुङलाई ७ दिन थुनामै राख्न अनुमति

 

       

पोखरा, कुटपीटको आरोपमा पक्राउ परेका सांसद दीपक मनाङेलाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा छाडेको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले मनाङेलाई आइतबार ६ हजार धरौटीमा छाडेको हो ।

बिहीबार पक्राउ परेका गुरूङलाई सार्वजनिक अपराध गरेको आरोप लागेको थियो । सरकारी वकिलको कार्यालयमा मनाङेसँग आइतबार बयान लिइएको थियो । मनाङेले माघ ७ गते पोखराको भण्डारढिकमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोह हुनुअघि अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए ।

मनाङेले आफूमाथि कुटपिट गरेको भन्दै एन्फा अध्यक्ष गुरुङले मंगलबार प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले मनाङेलाई पक्राउ गरी दुर्व्यवहार तथा फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो । यसअघि कार्यालयले मनाङ्गेलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

मनाङेले कुटेका गुरुङलाई ७ दिन थुनामै राख्न अनुमति

यस्तै आफूमाथि दुर्व्यवहार भएको भन्दै सांसद् मनाङेविरुद्ध उजुरी दिएका अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालतले अनुमति दिएको छ । बैंकिङ कसुरमा पक्राउ परेका गुरुङलाई अनुसन्धानका लागि ७ दिन म्याद थप भएको हो ।

गत शुक्रबार पक्राउ परेका गुरुङलाई उच्च अदालत पोखराका न्यायाधीशद्वय विनोदमोहन आचार्य र सुभास पौडेलको संयुक्त इजलासले ७ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो । उनीविरुद्द शुक्रबार लेकसाइडस्थित ॐ गौरा जोस्टेल होटलका सञ्चालक हरिभक्त आचार्यले बैंकिङ कसुर मुद्दामा उजुरी दर्ता गराएका थिए।

प्रकाशित भएको : January 26th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु