
काठमाडौं । अहिले उपनाम राख्नु एक प्रकारको फेशनजस्तै भएको छ । यो नामले राजनीति र कलाकारितासँगै अन्य क्षेत्रमा लागेका व्यक्तिहरुलाई पनि लाभ दिन्छ । आज हामी विश्वको सबैभन्दा ठुलो चलचित्र उद्योगहरुमा आउँने बलिउडका बारेमा चर्चा गर्न गइरहेका छौं ।
उसै पनि कलाकारले रियल जिन्दगी भन्दा धेरै रिलको जीवन बाच्ने गर्दछ । यसकारण पनि उनीहरु आफ्नो वास्तिवक नाम भन्दा अरु कुनै नामले चर्चित हुन्छन् । आज हामी यस्तै केही चर्चित कलाकारहरुको बारेमा कुरा गर्दैछौ ।
हिन्दी सिनेमा इतिहासमा चर्चित हास्य कलाकार जनी वाकर एक यस्तो नाम हो जसलाई पर्दामा देख्दा सबैमा हाँसो आउथ्यो । तर उनले सन २००३ मा ८० वर्षको उमेरमा यो संसारबाट विदा भए । आफ्नो कलाकारिताले हँसाउने उनको वास्तिवक नाम बदरुद्दीन जमालुलद्दीन थियो ।
बलिउडमा सुन्दरी अभिनेत्रीको परिचय बनाएकी मधुबालाको असल नाम मुमताज जहां बेगम देहलवी थियो ।
निर्देशक, अभिनेता र निर्माता गुरू दत्तको असली नाम वसन्त कुमार शिवशंकर पादुकोण थियो ।
अभिनेता दिलीप कुमारको असली नाम युसूफ खान हो ।
चर्चित अभिनेत्री मीना कुमारीको असली नाम महजबीं बानो थियो ।
अभिनेत्री सन्नी लियोनको असली नाम करनजीत कौर वोहरा हो ।
अभिनेत्री मल्लिका शेरावतको असली नाम रीमा लांबाह हो ।
अभिनेता अजय देवगनको असल नाम विशाल देवगन हो ।
अभिनेत्री तब्बूको असल नाम तबस्सुम हाशमी खान हो ।
बलिउड महानायक अमिताभ बच्चनको असल नाम इंकलाब श्रीवास्तव हो ।
अभिनेता सलमान खानको असल नाम अब्दुल रशीद सलीम सलमान खान हो ।
अभिनेता जोन अब्राहमको असल नाम फरहान अब्राहम हो ।
अभिनेत्री डिम्पल गर्ल प्रीति जिन्टाको असल नाम प्रीतम सिंह जिन्टा हो ।
अभिनेता अक्षय कुमारको असल नाम राजीव हरी ओम भाटिया हो ।
अभिनेत्री रेखाको असल नाम भानुरेखा गणेशन हो ।
(दक्षिण भारत) का अभिनेता रजनीकान्तको नाम शिवाजी राव गायकवाड़ हो ।
अभिनेता सन्नी देओलको असल नाम अजय सिंह देओल हो ।
अभिनेत्री कट्रीना कैफको असल नाम कट्रीना तरकोटे हो ।
अभिनेता बबी देओलको असल नाम विजय सिंह देओल हो ।
अभिनेत्री जिया खानको असल नाम नफीसा रिजवी खान थियो ।
प्रतिकृया दिनुहोस्