बस र टेम्पो ठो क्किँदा चारको मृ त्यु, चालक फरार, थप विवरण आउन बाँकी …


 

जनकपुर । धनुषाको क्षिरेश्वरमा गाडी र टेम्पु एक आपसमा ठोक्किदा चार जनाको मृ त्यु भएको छ । ना१ज ७०२२ नम्बरको गाडी र ज१ह ४८९६ नम्बरको टेम्पु एक आपसमा ठो क्किको हो ।

दुर्घटनामा टेम्पु चालक क्षिरेश्वर नगरपालिका–४ कुमरौल बस्ने २४ वर्षीय रोशन साह, क्षिरेश्वर नगरपालिका–४ बस्ने ७२ वर्षीय रामदेव साह, सिराहा बस्ने ४० वर्षीया रेखा यादव र सोही नगरपालिका हंसपुर मल्हनिया बस्ने २२ वर्षीय सञ्जय साहको मृ त्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका गाडीका चालकको भने खाजी भइरहेको प्रहरीले जनाएको छ ।

यी २० चर्चित कलाकारको असली नाम खुल्यो : अमिताभ र सलमानको सुन्दा दुनियाँ चकित

काठमाडौं । अहिले उपनाम राख्नु एक प्रकारको फेशनजस्तै भएको छ । यो नामले राजनीति र कलाकारितासँगै अन्य क्षेत्रमा लागेका व्यक्तिहरुलाई पनि लाभ दिन्छ । आज हामी विश्वको सबैभन्दा ठुलो चलचित्र उद्योगहरुमा आउँने बलिउडका बारेमा चर्चा गर्न गइरहेका छौं ।

उसै पनि कलाकारले रियल जिन्दगी भन्दा धेरै रिलको जीवन बाच्ने गर्दछ । यसकारण पनि उनीहरु आफ्नो वास्तिवक नाम भन्दा अरु कुनै नामले चर्चित हुन्छन् । आज हामी यस्तै केही चर्चित कलाकारहरुको बारेमा कुरा गर्दैछौ ।

हिन्दी सिनेमा इतिहासमा चर्चित हास्य कलाकार जनी वाकर एक यस्तो नाम हो जसलाई पर्दामा देख्दा सबैमा हाँसो आउथ्यो । तर उनले सन २००३ मा ८० वर्षको उमेरमा यो संसारबाट विदा भए । आफ्नो कलाकारिताले हँसाउने उनको वास्तिवक नाम बदरुद्दीन जमालुलद्दीन थियो ।
बलिउडमा सुन्दरी अभिनेत्रीको परिचय बनाएकी मधुबालाको असल नाम मुमताज जहां बेगम देहलवी थियो ।
निर्देशक, अभिनेता र निर्माता गुरू दत्तको असली नाम वसन्त कुमार शिवशंकर पादुकोण थियो ।

अभिनेता दिलीप कुमारको असली नाम युसूफ खान हो ।

चर्चित अभिनेत्री मीना कुमारीको असली नाम महजबीं बानो थियो ।

अभिनेत्री सन्नी लियोनको असली नाम करनजीत कौर वोहरा हो ।

अभिनेत्री मल्लिका शेरावतको असली नाम रीमा लांबाह हो ।

अभिनेता अजय देवगनको असल नाम विशाल देवगन हो ।

अभिनेत्री तब्बूको असल नाम तबस्सुम हाशमी खान हो ।

बलिउड महानायक अमिताभ बच्चनको असल नाम इंकलाब श्रीवास्तव हो ।

अभिनेता सलमान खानको असल नाम अब्दुल रशीद सलीम सलमान खान हो ।

अभिनेता जोन अब्राहमको असल नाम फरहान अब्राहम हो ।

अभिनेत्री डिम्पल गर्ल प्रीति जिन्टाको असल नाम प्रीतम सिंह जिन्टा हो ।

अभिनेता अक्षय कुमारको असल नाम राजीव हरी ओम भाटिया हो ।

अभिनेत्री रेखाको असल नाम भानुरेखा गणेशन हो ।

(दक्षिण भारत) का अभिनेता रजनीकान्तको नाम शिवाजी राव गायकवाड़ हो ।

अभिनेता सन्नी देओलको असल नाम अजय सिंह देओल हो ।

अभिनेत्री कट्रीना कैफको असल नाम कट्रीना तरकोटे हो ।

अभिनेता बबी देओलको असल नाम विजय सिंह देओल हो ।

अभिनेत्री जिया खानको असल नाम नफीसा रिजवी खान थियो ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु