अनौठो दैवीशक्तिले भरिएको शिवलिङ्ग जहाँ हरेक १२ वर्षमा चट्याङ पर्छ, चमत्कारी शिवलिङ्गको दर्शन गरि शेयर गरौँ !


 

संसारमा धेरै नै आश्चर्यमा पार्ने घटनाहरु सार्वजनिक भइरहेका हुन्छन् । केही रहस्यमयी घटनाको वास्तविकता तथा वैज्ञानिक आधर पत्ता लगाउन मुस्किल पर्ने गर्छ। भारतको हिमाचल प्रदेशमा एउटा यस्तै रहस्यमय मन्दिर छ जहाँ मन्दिरभित्र शिवलिङ्ग रहेको छ। हिमाचलको मथान भन्ने क्षेत्रमा रहेको भोलेनाथ मन्दिर रहस्यले भरिएको छ । उक्त मन्दिरमा हरेक १२ वर्षमा चट्याङ पर्दछ । तर त्यसरी चट्याङ पर्दासमेत मन्दिरमा कुनै क्षति हुँदैन । तर मन्दिरभित्र रहेको शिवलिङ्ग भने टुक्रिन्छ ।

त्यहाँका पुजारीहरुले फुटेको शिवलिंगलाई जोड्दछन् र घिउको लेप लगाउँदछन् । ताकि शिवजीले पीडाबाट राहत पाउन सकुन् । त्यसैले यो मन्दिरलाई स्थानीयले ‘मख्खन महादेव’ पनि भन्दछन् । यस अर्थमा उक्त शिवलिङ्ग निकै विशेष र चामत्कारिक मानिन्छ । पौराणिक मान्यताअनुसार त्यहाँको विशाल उपत्यका नागको रुपमा रहेको छ, जसको शिवले वध गरेका थिए । त्यसैले हरेक १२ वर्षमा भगवान इन्द्रले भोलेनाथ अर्थात् शिवजीको आज्ञा लिएर उक्त मन्दिरमा चट्याङ पार्दछन् भन्ने मान्यता रहेको छ।चट्यांङ किन पर्छ भन्ने बारेमा अझैसम्म पनि आधिकारिक तथ्य पत्ता लगाउन सकिएको छैन ।

यो पनि पढ्नुस –
धर्म ग्रन्थमा सूर्यलाई प्रधान देवता मानिएको छ। पुराणको अनुसार, प्रत्येक महिनामा सुर्यको एउटा विशिष्ट रुपको पुजा गरिन्छ। त्यसको अनुसार, पौष मासमा भग नामक सुर्यको उपासनाको विधान छ। यो चोटी पौष मासको प्रारम्भ १८ मङ्सिर सोमवारबाट हुँदैछ। जुन पुस १८ सम्म रहने छ। आदित्य पुराणको अनुसार पौष महिनाको हरेक आइतबार केहि सजिलो उपाय गर्नाले व्यतिको हरेक इच्छा पुरा हुनसक्छ। जुन व्यक्तिको कुण्डलीमा सुर्य अशुभ छ ति व्यक्तिहरुले पनि पौष मासको सुर्यसंग सम्वन्धित उपाय गर्नपर्छ।

१. बिहान स्नान गरेपछि तामाको लोटामा शुद्ध जल लिएर सुर्यदेवलाई अर्पित गर्नुस !

२. बिहान सुर्यदयाको समयमा रातो फुल, सिन्दुर आदिले सुर्यदेवको पुजा गर्नुस र सकेसम्म रातो बस्त्र पनि लगाउनुस !

३. रातो चन्दनको मालाले ऊँ घृणी सुर्याय नम: मन्त्रको जप गर्नुस। कम से कम ५ मालाको जप गर्नुस !

४. आइतवार गरिब व्यक्तिलाई गँहु दान गर्नुस ! यसले पनि सुर्यको दोष कम हुन्छ।

५. कुनै विद्वान पण्डितलाई सोधेर रूबीलाई तामाको औठिमा राखेर आफ्नो सालकी औलामा लगाउनुस !

हिन्दु धर्मको परम्परा अनुसार, मृत शरीरलाई जलाउने बेला महिलाहरूलाई मलामी लानुहुँदैन भन्ने विश्वास गरिन्छ। तर, किन थाहा छ?आजको यस धर्मको अङ्कमा, हामी तपाईँहरूलाई प्राचीनकालमा महिलाहरूलाई किन मलामी लान्थेनन् भनेर केहि कारणहरूको जानकारी दिन गैरहेका छौँ।

महिलाहरूले विशेष गरी घर-घरायसी काम गर्ने र पुरुषहरूले घरबाहिरको काम सम्हाल्ने अधिकांस घर परिवारमा चल्दै आएको प्रथा हो। यो प्राचिन समयमा देखि नै यसैगरि चल्दै आएको छ। समय बित्दै जाँदा यो नै परम्परा अनि संस्कृति बन्यो। घरायसी काम महिलाले र परिश्रम पनि बढी पर्ने अनि घर बाहिरका काम पुरुषले गर्ने चलन बन्यो। यसरी नै मलामी जाने पनि पुरुष मात्रको कामको रुपमा चिनिदैँ, गरिदै आयो।

महिला मलाली जानु हुन्न वा पुरुष मात्र मलामी जानु पर्ने कहिकतै शास्त्रमा स्पष्ट उल्लेख भेटिँदैन। बिना कारण केवल प्रथा चल्दै आएकाले नै महिला मलामी जान हुन्न भन्ने विश्वास गरिन्छ। प्राचीन कालमा भने महिलालाई मलामी नलानुका कारणहरू यस्ता थिएः

१. आगोको धूप
प्राचीन दिनहरूमा, पुरुषहरूले लासलाई घाटमा लगेर जलाउँदै गर्दा महिलाले घरको कामधन्ना भ्याउनुपर्ने हुन्थ्यो। साथै, घाटमा गएर फर्केका मलामीहरू घर फर्किएपछि आगोको धूपले चोख्ख्याउनुपर्ने हुन्थ्यो र त्यसैलाई तयार पार्नको लागि महिलाहरू घरमै बस्ने गर्दथे।

२. डरलाग्दो दृश्य
लास जलाउने काम कमजोर मुटु भएकाले गर्ने काम होइन। अघि भर्खरसम्म जिउँदै देखेको मानिसलाई अहिले जलाएको हेर्नुपर्दा जस्तो सुकै कठोर मन पनि भक्कानिन्छ। यस्तो भयानक दृश्य महिलाहरूले हेर्न सक्दैनन् भनेर पनि पहिलेपहिले महिलालाई मलामी पठाउँथेनन्।

३. लास जल्ने समय
हिन्दु धर्मअनुसार, कुनै पनि मानिसको अन्तिम संस्कार गर्दा शरीरलाई पुरैरूपमा जलाउनुपर्दछ। कसैको शरीर त केहि घण्टामै जल्दछ भने कसैको निकै समय पनि लाग्न सक्छ। यस्तो अवस्थामा घरमा बालबच्चा अनि गाईवस्तुको हेरचाह गर्नुपर्ने हुनाले पनि त्यतिबेला महिलाहरूलाई घरमै राख्ने गर्दथे।

४. भूतको डर
मसानघाटमा तड्पिएर बसेका आत्माहरूको (भूत) उपस्थिती हुन्छ भनेर विश्वास गरिन्थ्यो, गरिन्छ। यस्ता ‘भूत’ले कमजोर हृदय भएका महिलाहरूलाई आक्रमण गरेर शरीरलाई अधीनमा लिन्छन् भन्ने पनि विश्वास गर्दै आइएको छ। विशेष गरी कुमारी केटिहरूलाई यस्ता भूतले बढि रुचाउने पनि विश्वास गरिन्छ। त्यसैले पनि मसानघाटमा महिलाहरूलाई जान प्रतिबन्ध लगाइएको थियो।

५. संस्कार
‘आँशु’ले आत्माको बाटो छेक्छ। हिन्दु धर्मको संस्कार अनुसार यस्तो पनि विश्वास गरिन्छ। मरेको मान्छेको अन्तिम संस्कार गरिसकेपछि मात्रै आत्माले बिदा पाउँदछ र यदि त्यहाँ एकथोपा पनि आँशु खस्यो भने त्यो आत्मा सँधै त्यहिँ अड्केर बस्दछ। महिलाहरूले सजिलै आफ्नो आँशु रोक्न सक्दैनन् भन्दै मसानघाटमा प्रवेश निषेध गरिएको थियो।

प्रथा र संस्कृति समय अनुसार परिवर्तन गरिनु आवश्यक हुन्छ। परिवर्तन गर्दा सहज अनि अर्थ बोक्ने प्रथा जरुरी हुन्छ। नत्र प्रथा रुढीवादी हुन्छ, काम नलाग्ने हुन्छ अनि प्रथा र संस्कृतिको अर्थ अर्थ्याउन नसक्दा त्यो प्रथामा चलिरहनुको कुनै अर्थ रहदैन। अर्थ जानौँ, ठिक बेठिक, आवश्यक अनावश्यक संस्कृति छुट्याउन सकौँ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु