काठमाण्डाै महानगरपालिकाले माइतीघर, चावहिल र जय बागेश्वरीमा आकाशेपुल बनाउने


 

काठमाण्डौ‌ – काठमाण्डौ‌ महानगरपालिकाले चाबहिल, माइतीघर, जय बागेश्वरीमा आकाशे पुल निर्माण गर्ने भएको छ । आकाशे पुल निर्माणका लागि ‘डिजाइन’को काम भइसकेको छ ।

सवारी चाप बढी भएका स्थानमा आकाशे पुल निर्माण गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । यी स्थानमा आकाशे पुल निर्माणका लागि डिजाइन सकिएकाले छिट्टै ठेक्का सम्झौतामार्फत काम अघि बढाइने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । विभिन्न स्थानमा आकाशे पुलको माग भइरहेकामा बढी आवश्यक स्थानलाई छनोट गरिएको उहाँको भनाइ थियो ।

प्रवक्ता डङ्गोलले भन्नुभयो, ‘माग भएकामध्ये पनि बढी आवश्यक ठाउँमा अहिले बनाएर अरु स्थानमा प्रक्रिया अघि बढाइनेछ ।’ टेकु, त्रिपुरेश्वरलगायतका स्थानमा पनि आकाशेपुल निर्माणको माग भएको छ ।

ती स्थानमा पनि पहिले अध्ययन गरेर डिजाइनको काम अघि बढाइनेछ । चाबहिल, जय बागेश्वरीलगायतका स्थानमा आकाशे पुल निर्माणका लागि अघिल्लो वर्ष नै महानगरले बजेट विनियोजन गरेको थियो । सडक विस्तारका क्रममा रहेको भन्दै काम नगरिएको प्रवक्ता डङ्गोलले बताउनुभयो ।

मोफसलको पहिलो आकाशे पुल : झापाको दमकमा निर्माण भएको आकाशे पुल सडक विभाग भन्छ आकाशे पुल बनेपछि बाटो काट्नको लागि पैदलयात्रहूहरुलाई सहज भएको छ तर सवारी चालकहरु भन्छन् मानिसहरु पुलमा गएर सेल्फी खिच्छन् अनि तल सडकबाट बाटो काटछ्न ।

काठमाण्डौंमा सवारी साधनको चाप बढेसँगै आकाशेपुलको माग बढिरहेको छ । काठमाण्डौँमा सवारी चाप बढी भएका स्थानमा समेत पुल नहुँदा पैदलयात्रु सडकबाटै बाटो काटिरहेका छन् । यसले गर्दा एकातिर सडकमा जाम हुने र अर्कातिर यात्रुलाई बाटो काट्न मुस्किल रहेको छ ।

र यो पनि पढ्नुहोस : ललितपुरमा बन्नेभो ५ वटा फ्लाइओभर, मान्छे हिँड्ने हैन गाडी गुड्ने

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु