अन्तर्राष्ट्रिय अपराध अदालत पुर्‍याए विश्वकै हिरो बन्छु : अध्यक्ष दाहाल


 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई अन्तर्राष्ट्रिय अपराध अदालतमा पुर्‍याए विश्वकै हिरो बन्ने बताएका छन् ।

सोमबार खुमलटारस्थित आफ्नै निवासमा पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेका ‘विप्लव’नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

अन्तर्राष्ट्रिय अपराध अदालतको कार्यालय नेदरल्याण्डको हेगमा छ । उनले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने- “आफूलाई हेग लगेर झुन्ड्याउने रे भन्ने कुरा सुनेको छु, मलाई हेग लगे त म विश्वकै हिरो हुन्थे, तर कसैले लादैन, यदी कसैले लगे मेरो गर्वको कुरा हो ।’


आफुलाइ हेग पुर्‍याए संसारका जनताले न्यायको पक्षमा रहेको भनेर चिन्ने अवसर हुने बताए । प्रचण्डले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र भइन्जेल हेगमात्र होइन विश्वकाे जुनै ठाउँमा पुर्याए पनि कुनै फरक नपर्ने बताएका छन् ।

साथै उनले विप्लवलाई क्रान्ति छोडेर शान्तिपूर्ण वार्तामा आउन आग्रहसमेत गरेका छन् । उनले क्रान्ति दुई-चार जनाका कुराले मात्रै नहुने भएकाले विप्लव पनि ढिलो चाँडो नेकपामा आउने बताएका छन् ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु