LIVE : यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा [तरिकासहित]


 

काठमाडौ । माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा अब केही बेरमा सार्वजनिक हुँदै छ । हामी राष्ट्रिय परीक्षा बोर्डको केन्द्रीय सचिवालय रहेको स्थान सानोठिमी भक्तपुरमा आईपुगेका छौ । नतिजा प्रकाशनका लागि बोर्ड बैठक बस्ने तयारी गर्दैछ । ठिक ५ बजेदेखि बोर्ड बैठक सुरु हुने जानकारी प्राप्त भएको छ ।

बोर्डका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङकलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको छ । बोर्डले सबै विषयको परीक्षाफल एकै पटक सार्वजनिक गर्दैछ । अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न सुरु गरेको हो ।

गत १५ वैशाखदेखि २६ सम्म सम्पन्न परीक्षामा ४ लाख २८ हजार ५२ विद्यार्थी सहभागी भएका थिए । देशभरका १ हजार १ सय ७ परीक्षा केन्द्रमा साधारण तथा प्राविधिक विषय समूहका परिक्षा भएका थिए । वोर्डले विगतमा विज्ञान विषयको नतिजा सुरुमा र केही समयपछि मात्र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको थियो । वोर्डले कक्षा १२ को नतिजा जि।पी।ए का आधारमा प्रकाशन गर्दै आएको छ ।

यसरी हेर्न सकिन्छ नतिजा / यो जानकारी सबैमा सेयर गरौँ ।

कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट थाहा पाउन सकिन्छ । शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटमा गएर नतिजा हेर्न सकिने छ ।

यसैगरी नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु