यि ट्राफिक जसले भारतदेखि फर्किदै गरेका यात्रुको पैसा लूटिनबाट जोगाए, सम्मान स्वरूप शे-यर गरौ !


 

नेपालगन्जको पुष्पलाल चोकमा ट्राफिक प्रहरीले एक जना पाकेटमारलाई पक्राउ गरेको छ। दिउँसो ४ बजे नेपालगन्जदेखि जाजरकोट जादै गरेको बसमा जाजरकोट जुनिचादे ११ का काली बहादुर कसेराको साथमा रहेको २१००० रुपैयाँ चोरी गरेको हरी बहादुर कठायतलाई ट्राफिक प्रहरीका हवल्दार राम बहादुर बिष्ट र ट्राफिक प्रहरी जवान गेहेन्द्र केसीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

पाकेटमार नियन्त्रणमा लिएको ब्यक्ती खजुरा गाउँपालिका ९ को वासिन्दा रहेको ट्राफिक प्रहरी केसीले बताए। केसीका अनुसार कसेरा भारतबाट घर जाजरकोट जादै गर्दा निज पाकेटमार कठायतले पिछा गर्दै बसमा चढन लाग्दा आधुनिक सैलीमा पाकेट मारे पछि कसेराले थाहा पाउदा ट्राफिक प्रहरी हवल्दार बिष्टले संका गर्दै कठायतलाई नियन्त्रणमा लिइ बुझ्दा पैसा उसैले चोरेको खुलेको थियो।

यो पनि पढ्नुस

ड्युटीमा खटिएका यी प्रहरी जवानले आफ्नो रगत दिएर बचाए सुत्केरी महिलाको ज्या*न


बाजुरा। जिल्लाको बडिमालिका नगरपालिका ८ बस्ने ३० बर्षकि पारु रावललाई गर्भपतनपछि रक्क्तस्राब भयो। उनलाई अत्याधिक रक्क्तस्राबले बेहोस अवस्था पुगिन्। उनलाई ए पोजेटिभ आबश्यकता थियो। रगतका लागि चारै तिर गुहार गर्‍यौं, प्रहरी कार्यलयमा खबर गर्दा डिएसपि उद्धब भाटले रगत दिएको जिल्ला अस्पताल बाजुराका डा. टिकाराम राईले बताए।

रक्क्तस्राब धेरै भइसकेको थियो, हामीलाई खबर आयो रगत समुह मेरै मिल्ने भएकाले रगत दिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख उद्धब सिंह भाटले बताए। फेरी आवश्यक परेमा अन्य प्रहरीलाई रगत दिन लगाउने उनले बताए। डिएसपि भाटले रगत दिदा बिरामीलाई धेरै सहयोग भएको डा. राईले बताए।

सुत्केरी महिलालाई आफ्नो रगत दिएर ज्यान बचाउन सफल भएका डिएसपि उद्धब भाट ।

बाजुरा जिल्लामा नेपाली सेना शसस्त्र प्रहरी नेपाल प्रहरीले सुत्केरी र बिरामीलाई रगत दिएर ज्या*न बचाउने गरेको स्वास्थ्यकर्मीले बताएका छन्। बुढिन्नदा नगरपालिका ८ पाण्डुसैनकि ४२ बर्षिय थुमरा कठायतलाई पनि दुई साता पहिला सुरक्षाकर्मीले रगत दिएर ज्या*न बचाएका थिए। उनलाई शसस्त्र प्रहरी आश्रित गुल्म बाजुरामा कार्यरत साहयक हवल्दार चैन नाथ योगीले रगत दिएर ज्या*न बचाएका थिए।

बाजुरा जिल्लामा ब्लोड बैङ्क नुहँदा सुत्केरी र विरामीलाई निकै समस्या भएको छ। आकस्मिक रक्तसञ्चार केन्द्र दुई ठाँउमा भएपनि ब्लोड बैङ्क नहँुदा सुत्केरी र बिरामीलाई समस्या हुदै आएको छ। जिल्ला अस्पताल बाजुरामा आवश्यक परेको बेला रगत नपाएर आकस्मिक प्रसुति सेवा र अप्रेसन सेवा सञ्चालनमा समेत समस्या भएको छ।

आकस्मिक रक्तसञ्चार भएपनि आबश्यक परेको बेला रगत दिने कोहि भेटिदैनन्, भने अर्कोतिर रगत समुह समेत नमिल्ने गरेको डा. टिका राईले बताए। रगत दान गर्नु पर्छ भन्ने मानसिकता नभएकाले बिरामीका आफन्त रगत समेत दिन नमाने गरेको उनले बताए। उपचार मात्र होइन रगत दिएर बिरामी र सुत्केरी बचाउदै आएको उनले बताए।

र यो पनि पढ्नुहोस् : आमाले जन्माएर मकैबारीमा फालिदिइन्, प्रहरीले उनलाई अस्पताल पुर्‍यायो

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु