भोली काठमाडौंका यी स्थानमा दिनभर बत्ती हुदैन है, सबैलाई जानकारीको लागि शेयर गरौ


 

काठमाडौँ, चक्रपथ विस्तारका क्रममा शनिवार दिनभर बत्ती नहुने नेपाल विधुत प्राधिकरणले जनाएको छ । प्राधिकरणले शुक्रवार एक सूचना जारी गर्दै शनिवार बिहान ७ देखि बेलुका ४ बजेसम्म बत्ती नहुने जनाएको हो ।

प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन बन्द हुँदा वसुन्धरा सामाखुसी चोक, रानीबारी गोङ्गबु चोक टोखा रोड हुँदै ग्राण्डी हस्पिटललगायतका क्षेत्रमा बत्ती नआउने भएको हो ।

रुख कटान कार्य निर्धारित समय अगाडि सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित भएको : January 31st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु