भावविहल दृश्य : कोरोना विरामी उपचार्थ जाने डाक्टरलाई आफन्तले गरे रुँदै बिदाइ


 

बेइजिङ — कोरोना भाइरसको प्रकोप फैलिरहँदा चीनमात्रै होइन पूरा विश्वलाई यसको सन्त्रासले आ तंकित पारेको छ । बिहीबार विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्य सं कटकाल’ घोषणा गरेको छ । वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण पूरै चीनभर र विश्वका २० भन्दा बढी देशमा देखिएको छ ।

शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसका कारण वुहानको खुला सडकमा एकजना व्यक्तिको श व भेटिएको छ। केही समय अगाडि चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृ त्यु भएको थियो। सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसका कारण मृ त्यु भएको थियो। यसैले पनि उपचारमा खटिने स्वास्थ्यकर्मीहरु भयभित देखिएका छन्। कोरोना भाइरसको इपिसेन्टर मानिएको वुहान सेन्टरमा सयाैंमेडिकल स्वयंसेवकहरु खटाइँदैछ।

प्रकोपको रुप लिइरहँदा संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहन चिकित्सकहरुलाई ड र नलाग्ने कुरै भएन। वुहान सहरमा उपचारका लागि गइरहेका चिकित्सक तथा नर्सका आफन्तहरुले ती सहरमा पठाउनका लागि बिदाइ गर्दा आँसु थाम्न सकेनन्।केहीले त योबिदाइलार्ई ‘चेर्नोबिल सु साइड मिसन’ सँग जोडेरसमेत हेरे।

काेराेना प्रकाेप

एउटा भिडियो फुटेजमा आफन्तहरुले बिदाइका हात हल्लाइरहँदा उपस्थित भीडमा सबैजना भावविह्वलदेखिन्छन्। सबैका आँखा टिलपिल देखिन्छन्। उनीहरु सुँक्सुकाइँरहेका छन्। एकअर्कालाई कसेर अँगालोमा बाँधिएका देखिन्छन्। कोरोना भाइरसको त्रासमा रहेका मानिसहरु कसरी हाँसीखुसी बिदाइ गर्न सक्लान् र?

सन् १९८६ मा युक्रेनमा भएको विश्वकै सबैभन्दा भयानक आणविक दुर्घ ट नाको रुपमा लिइन्छ। त्यतिबेला न्युक्लियर रि याक्टर प ड्किँदा त्यसको निकै असर परेको थियो। त्यहाँफायरफाइटर पठाइँदा उनीहरुलाई पनि केमिकल रि याक्सनले असर गरेको थियो। वुहानको कोराना भाइरसको संक्रमितको उपचारका लागि जाने मेडिकल स्वयंसेवकहरुलाई कोरोना भाइरस सु साइड मिसनको रुपमा व्याख्या गरिँदैछ।

अमेरिकी नेता सोलोमन युले भिडियो ट्वीट गरेका छन् जसमा बस र रेलमा रहेका आफ्ना आफन्तहरुलाई रुँदै बिदाइ गरेको देखिन्छ। युले ट्वीटमा भनेका छन्– ‘चेर्नोबिल फायरफाइटरजस्तै केही चिकित्सक तथा नर्सहरु पनि आफ्नो घर फर्क ने छै नन्। यो उनीहरुका लागि कोरोना भाइरस सु साइड मि सन हो, उनीहरुलाई ईश्वरले रक्षा गरुन्।’

चाइना सेन्ट्रल टेलिभिजनमा सियानका एक चिकित्सकलाई श्रीमतीसँगको अन्तिम ब्रेकफास्ट भनेर एक भिडियोमा देखाइएको छ। उनी वुहान जान लागेका छन्। ४४ वर्षे डा. लि यु सियान जाउटङ युनिभर्सिटीका प्रमुख फिजिसियन हुन्। उनकी श्रीमतीझाउ जिङ नर्स हुन्। साउका अनुसार उनका श्रीमान २००३ मा फैलिएको सार्सको महामारीमा पनि खटिएका थिए।

डा. लि भन्छन्, ‘यदि तपाईंलाई रोगको बारेमा राम्रो जानकारी भएन भने ड रलाग्दो हुन्छ। मैले यसबारेमा राम्ररी बताए अनि श्रीमतीलाई सम्झाउन सके‌ं।’ झाउ भन्छिन् म अझै पनि ड रा एकी नै छु। डा. युलाई बुबाले भिडियो कलमार्फत शुभकामना पनि दिएका छन्। आफ्नो ख्याल राख्नका लागि आग्रह गरेका छन्।

अन्तिम पटक अपडेट गरिएको : February 9th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु