काठमाडौंको नागार्जुनमा बसले स्कुटरलाई ठ’क्कर दिँदा आमाको मृ’त्यु, छोरी घा’इते


 

काठमाडौं ,काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवन पानीट्यांकीस्थित बसले स्कुटरलाई ठ’क्कर दिँदा एकजनाको मृ’त्यु भएको छ भने एक जना घा’इते भएकी छन्। बनस्थली र बालाजुको बीचमा बा ८५ प १४९३ नम्बरको स्कुटरलाई कान्तिपुर यातायातको बा १ ख ६६४५ नम्बरको गाडीले ठ’क्कर दिंदा स्कुटीमा सवार धादिङ धारखाकी ४० वर्षीया लिलाकुमारी घलेको मृ’त्यु भएको हो। उनकी छोरी २५ वर्षीया शर्मिला घले घा’इते भएकी छन्। उनको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। उता शं’कास्पद दु’र्घटनामा मोटरसाइकल चालकको ज्या’न गएपछि लम्की त’नावग्रस्त भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्वर लुहारपुरका २२ बर्षीय युवक मायाराम चौधरीको गएराती ११ बजेतिर सडक दु’र्घटनामा परी मृ’त्यु भएपछि उनका आफन्तहरुले ठ’क्कर दिने सवारीचालकलाई पक्राउ गर्न माग राख्दै सडक ठ’प्प पारेका छन्। तर प्रहरीले भने मोटरसाईकल आफैँ अ’नियन्त्रित भएर दु’र्घटना भएको हुनसक्ने प्रा’रम्भिक अनुमान गरेको छ। दो’षीलाई का’रवाही माग गर्दै रातीदेखि नै पी’डित परिवार र स्थानीयले पूर्व–पश्चिम राजमार्ग अ’बरुद्ध पारेका छन्।

राजमार्ग अ’वरुद्ध हुँदा अहिले पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतर्फ जाने सवारीसाधनहरु बीच बाटोमै अ’लपत्र परेका छन्। चौधरीले चलाएको से २ प १८५० नम्बरको मोटरसाईकल दु’र्घटना हुँदा निजको घ’टनास्थलमै मृ’त्यु भएको हो। चौधरीको श’व अहिले बीच बाटोमै अ’लपत्र छ। उनले चढेको मोटरसाइकल सडकमा प’ल्टिएको छ। मोटरसाइकललाई ठ’क्कर दिने गाडीको पहिचान नभएसम्म श’व नउठाउने चौधरीका आफन्तले अडान लिएका छन्। मृ’तक चौधरीका श्रीमती र एक नाबालक छोरा रहेको खुलेको छ। राति १२ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक यात्रुबाहक बसका चालकले मोटरसाइकल र श’वलाई देखेपछि प्रहरीमा खबर गरेका थिए।

प्रकाशित भएको : February 1st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु