
मौसम पूर्वानुमान महाशाखाले नेपालमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ । शनिबार जारी पूवानुमानले हाल देशका मध्य र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ ।
आज दिनभर देशका पहाडी भू–भागमा आशिंकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
यसैगरी, राति भने पहाडी र हिमाली भू,भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का बर्षा र हिमाली भू–भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमी पूर्वानुमान यस्तो छ :
माघ १८ गते (शनिबार)
दिउँसो देशका पहाडी भू-भागमा आशिंक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ।
राति पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का बर्षा र हिमाली भू-भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १९ गते आइतबार दिउँसो-पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति देशभर मौसम सामान्यतया सफा रहनेछ। माघ २० गते सोमबार दिउँसो पुर्वी तथा मध्य नेपालका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति देशका पहाडी भू-भागमा आशिंक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रतिकृया दिनुहोस्