सबै नेपालीलाई करोडपति बनाउन गाँ’जाखेती गर्नुपर्छः सांसद स्थापित


 

शान्तजंग पाण्डे
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश ३ का सांसद केशव स्थापितले नेपाली जनतालाई कराेडपति बनाउने याेजना सार्वजनिक गरेका छन । नेकपाकै अर्का सांसद केशवराज पाण्डलेले शुक्रबार काठमाडौंकाे गाेंगबुमा आयाेजना गरेकाे चियापान कार्यक्रममा सांसद स्थापितले नेपाली जनतालाई कराेडपति बनाउने आफ्नाे याेजना सार्वजनिक गरेका हुन।

उनले नेपालकाे पाखाबारीमा गाँ’जाखेती गरेर हरेक नेपालीलाई कराेडपति बनाउन सकिने बताए । सांसद स्थापितले नेपालमा जनता धनी भएकाे देख्न नचाहने तत्वले गाँजालाई सामन्तिकाे अवशेष बनाएकाे बताए । उनले गाँजा धेरै प्रकारका राेगका लागि औषधि समेत भएकाले यसमाथिकाे प्रतिबन्ध देखेर आफू अचम्मित बनेकाे बताए ।

उनले सँगै रहेका अन्य सांसहरुलाई पनि गाँ’जामाथिकाे प्रतिबन्ध फुकुवा गरेर नेपाली जनतामाथि न्याय गर्न कानुन बनाउन सहयाेग गर्न अनुराेध गरे । उनले नेपाली जनतालाई गाँजा खा नभन्ने तर उत्पादन गर्न दिनुपर्ने बताए । उनले गाँजा औषधि बनाउनमात्र प्रयाेग गरे पनि खर्बाै रुपैयाँ आम्दानी गर्न सकिने बताए ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

प्रकाशित भएको : February 1st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु