ठूलो दुर्घटना हुनबाट जोगियो बुद्ध र यतीको जहाज


 

काठमाडौं- पोखरा विमानस्थलमा बुद्ध र यतीका जहाज ठूलो दुर्घटनाबाट जोगिएका छन् । प्राप्त जानकारी अनुसार एटीसीको सामान्य कमजोरीका कारण ति दुई जहाज झण्डै ठोक्किएका हुन् ।

विमानस्थलका कर्मचारीले ठूलो दुर्घटना टरेको प्रतिक्रिया दिए । पोखरा विमानस्थलबाट काठमाडौं उड्नै लागेको बुद्धको जहाज र काठमाडौंबाट पोखरा विमानस्थलमा अवतरण गर्नै लागेको यतीको जहाज झण्डै ठोक्किएका थिए ।

विमानस्थल स्रोतका अनुसार एटीसीले उडान र अवतरणका लागि सँगसँगै अनुमति दिँदा दुईवटा जहाज निकै नजिक पुगेको थिए ।

रनवेमै रहेको बुद्ध एअरको विमान र विमानस्थलमा अवतरण गर्न लागेको यतीको जहाजबिचको तालमेल नमिल्दा यस्तो भएको हो । विमानस्थलका सूचना अधिकारी भन्छन्, बुद्धले रोक्नुपर्ने थियो तर त्यसो हुन नसक्दा झन्डै दुर्घटना भएन ।

दुवै जहाजमा रहेका यात्रु र विमानस्थलमा रहेका सर्वसाधारण ठूलो त्रास देखिएको थियो । गत माघ ६ गते पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतीका दुई जहाज ठोक्किएका थिए । जनकपुर जाने तयारीमा रहेको बुद्ध एयरको जहाज यतीसँग ठोक्किँदा कोरिएको थियो ।

प्रकाशित भएको : February 1st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु