
1 year ago
कोरोना भाइरसबाट प्रभावित चीनको हुवेइ प्रान्तमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर नेपाल ल्याइने भएको छ ।
बेइजिङमा रहेको नेपाली दूतावासले शनिबार सूचना निकालेर हुवेइमा भएका सबै नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भैरहेकोले तत्कालै फाराम भर्न आग्रह गरेकाे छ ।
फाराम भरेका बाहेक अन्यलाई नेपाल नपठाउने भएकाले सबैलाई फारम भर्न दूतावासले भनेको छ । फेब्रुअरी २ तारिख अर्थात् आइतबार बिहान ९ बजेसम्म फारम भर्ने म्याद तोकिएको र फारम भर्नेको संख्या हेरेर जहाज चार्टर गरिने सूचनामा उल्लेख छ ।
वी च्याटलगायतका सामाजिक सञ्जालमा आएका अन्य सूचनाले अफवाह फैलाउन सक्ने भएकाे तथा दूतावासको सूचना नै आधिकारिक भएकाले त्यसै अनुसार गर्न पनि दूतावासले भनेको छ ।
फारामका लागि लिङक :
https://cn.nepalembassy.gov.np/?p=3053
अन्तिम पटक अपडेट गरिएको : February 9th, 2020,
प्रतिकृया दिनुहोस्