
नेपालमा जुवातास खेल्नु गैरकानुनी हो । नेपाल प्रहरीले हरेक दिनजसो कुनै न कुनै ठाउँबाट जुवा खेल्ने व्यक्ति पक्राउ गरिहेको हुन्छ । तर गैरकानुनी खेल्नको लागि गैरकानुनी मानिएको तास आयातमा भने प्रतिवन्ध छैन । जसका कारण बार्षिक करोडौं रुपैयाँको तास आयात भैरहेको छ ।
चालु आर्थिक बर्षको साउनदेखि पुससम्मको ६ महिनामा झण्डै १५ करोड रुपैयाँको तास आयात भएको छ । ६ महिनामा १४ करोड ८३ लाख रुपैयाँ बराबरका ८८ लाख ५३ हजार ‘बुक’ तास आयात भएको भन्सार विभागले जनाएको छ ।
६ महिनामा चीनबाट १२ करोड ८६ लाख रुपैयाँ बराबरका ७६ लाख ९५ हजार ‘बुक’ तास आयात भएका छन् । यस्तै भारतबाट १ करोड १० लाख रुपैयाँ बराबरका ९ लाख ६८ हजार ‘बुक’ र मलेसियाबाट ५३ लाख २३ हजार रुपैयाँ बराबरका ५३ हजार ‘बुक’ तास आयात भएका छन् ।
गएको आर्थिक वर्षमा २५ करोड ६ लाख रुपैयाँ बराबरका १ करोड ५७ लाख ‘बुक’ तास आयात भएका थिए ।
प्रतिकृया दिनुहोस्