दार्जिलिङलाई नेपालमा गाभ्ने प्रस्तावसहित प्रतिनिधि मण्डल काठमाडौंमा !


 

काठमाडौं – दार्जिलिङलाई नेपालमा गाभ्ने प्रस्तावसहित प्रतिनिधि मण्डल काठमाडौंमा आएको तथ्य खुलेको छ । अङ्ग्रेजहरूले भारतवर्ष छाडेर जाने निश्चित भएपछि अखिल भारतीय गोर्खा लीगको टोली दार्जिलिङलाई नेपालमा गाभ्न काठमाडौं आएको बुझिएको छ ।
अखिल भारतीय गोर्खा लीगले सुगौली सन्धिमा गुमेको नेपालको जमिन पनि स्वतन्त्र हुनुपर्छ भन्ने अवधारणासहित लीगका अध्यक्ष डम्बरसिंह गुरुङको नेतृत्वमा शिवकुमार राई र देवप्रकाश राईसहितको तीन सदस्यीय प्रतिनिधिमण्डलको टाली काठमाडौंमा आएको ग्रेटर नेपालमा अभियान्ता फणिन्द्र नेपालले बताएका छन् ।

तत्कालीन नेपाल सरकार (राणा सरकार) सँग दार्जिलिङ नेपालमा मिलाउने प्रस्ताव लिएर काठमाडौं आएको नेपालले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्।उनले भनेका छन्, ‘यो प्रतिनिधिमण्डल र नेपालका तर्फबाट बहादुर शम्शेर, मृगेन्द्र शम्शेर, विजय शम्शेर, नगेन्द्रमान सिंह र नरेन्द्रमणि आचार्य (दीक्षित) सम्मिलित प्रतिनिधिमण्डलबिच १ डिसेम्बर, १९४६ का दिन बिहान ९ः१५ देखि अपरान्ह १२ः१५ सम्म सिंहदरबारमा छलफल भएको थियो ।

तर त्यो छलफलबाट यसबारे कुनै ठोस निर्णय निस्किएन ।’ लामो छलफल पश्चात सहमति नभएपछि अखिल भारतीय गोर्खा लीगका अध्यक्ष डम्बरसिंह गुरुङले कमान्डिङ जनरल विजय शम्शेरलाई दार्जिलिङ नेपालमा मिसाउने मागबारेको पत्रको प्रति बुझाएको नेपालले लेखेका छन् ।

प्रकाशित भएको : February 2nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु