भगवान कोइरालाको आह्वान : सबै जुटेर काठमाडौंसहित सातै प्रदेशमा बाल अस्पताल खोलौ


 

काठमाडौं। हाम्रो देशमा बाल स्वास्थ्यबारे थुप्रै काम भएका छन्। प्राथमिक तहमा खोप लगाउनेदेखि अन्य कुरामा प्रगति भएको छ। तर त्यतिले मात्र पुग्दैन। उपचारको क्षेत्रमा पनि त्यतिकै स्तर बढ्दै जानुपर्छ। विभिन्न विशेषज्ञ एउटै थलोमा बसेर काम गर्ने माहोल बन्नुपर्छ। नत्र बालस्वास्थ्यलाई धेरै माथि लैजान सकिन्न भन्ने सबैलाई थाहा छ।

म पनि विभिन्न कारणले बाल स्वास्थ्यसँग जोडिएको छु। बालबालिकाको मु’टुको अप’रेशन गर्नेमध्येको एक चि’कित्सक हुँ। हुन त मैले युवा र वृद्धहरूको पनि अप’रेशन गर्छु तर बच्चाहरूमा मेरो विशेष चाख र दख्खल छ।

नेपालमा सरकारी स्तरको कान्ति बाल अस्पताल एउटा छ। त्यहाँको क्षमता र अहिलेको जनशक्तिले गर्दा हामीले सोचेजस्तो सम्पूर्ण विशेषज्ञतासहित एउटै छानामुनि सेवा दिन सकिरहेको छैन।

त्यसले दिन सुरू गरे पनि अपर्याप्त हुन्छ। त्यसैले काठमाडौंमा बहुविशेषज्ञसहितको अस्पताल र प्रत्येक प्रदेशमा अस्पताल बनाउने हाम्रो योजना छ।
ती अस्पतान गैरनाफामूलक र सामाजिक सेवा गर्ने खालका हुनेछन्।

यो कठिन काम हो किनकी पैसा जम्मा गर्न कठिन छ। यसलाई सञ्चालन गर्न पनि कठिन छ। यस्तो अस्पताल देशलाई चाहिन्छ भन्नेमा हामी सबै विश्वस्त भएकाले यसलाई ग’म्भी’र रूपमा लिएका छौं।

हामी धेरै अगाडि बढिसकेका छौं। सरकारले केही जग्गा भाडामा दिएको छ। हामी डिजाइनिङको चरणमा छौं। रकम संकलन गर्दैछौं, यसमा बढी चासो हुनेहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।

८ महिनापछि हामी निर्माणमा जान्छौं। त्यसपछि प्रदेशहरूमा यसलाई विकेन्द्रीकरण गर्दै जानुपर्छ। यो महत्वपूर्ण र महत्वकांक्षी दुबै हो।गैरनाफामूलक भनेको सित्तैमा उपचार गर्ने भन्ने होइन।

विशेषगरि कमजोर वर्गलाई पैसा नभए पनि उपचार गराउन पाइयोस् भनेर हामीले यो काम गर्न लागेको हो। सरकारले दिने सेवा सुविधालाई यसमा समावेश गर्न सकियो र मानिसलाई बीमाको योजनामा पार्न सकियो भने यो काम सहज हुनेछ।

हामीले विभिन्न तरिकाले अस्पतालको आम्दानी गराएर कमजोर आर्थिक अवस्था भएकालाई नि:शुल्क र अन्यलाई सर्वसुलभ तरिकाले उपचार गराउन खोजेको हो।

सञ्चालन खर्च उठाउनु चु’नौतीपूर्ण छ तर विभिन्न तरिकामा गयौं भने अस्पताल स्थापित हुन सक्छ। नेपालमा करिब सवा करोड बालबालिका छन्। सवा करोडको उपचार गर्ने कति केन्द्र छन्? एकदमै कम छन्।

त्यसैले यो काम गर्न जरूरी छ। सरकारले पहल गरे त झन् राम्रो हो। सरकारका प्राथमिकता विभिन्न छन्। हामीलाई पनि जाँगर छ, सरकारी जागिरबाट अवकास पाए पनि अझै बुद्धि भ्र’ष्ट भएको छैन। हामीलाई लामो समय सेवा गर्ने रहर छ तर म एक जनाले गरेर हुने होइन। मेरो पछाडि ठूलो टिम छ।

यो अस्पतालमा हामी उपचारमात्रै होइन, तालिम र क्षमता वृद्धिका कुरा पनि गर्छौं। स्थानीय तहका अन्य अस्पतालसँग मिलेर काम गर्ने, उपचार र रोकथाममा पनि जोड्छौं। एउटै छानामुनि विशेषज्ञसहितको उपचार पनि दिन्छौं।

नेपाल सरकारले बाल स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ। त्यो प्राथिमकता प्राथमिक उपचार र निरो’धा’त्मक खोपहरूमा केन्द्रीत छ। यसमा नेपालले उल्लेख्य नतिजा ल्याएर अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाएको छ। तर त्यसले पुग्दैन, सि’कि’स्त रो’ग लाग्ने हजारौं छन्। उनीहरूका लागि पनि ध्यान दिनुपर्छ।

यो मेरो ‘प्यासन’ हो, आवश्यकता हो र भित्रैबाट महसुस गरेको पी’डा हो। बालबालिकाको मु’टु ठीक गर्न पनि अरू उपचारमा ध्यान दिनुपर्छ।

मैले नेतृत्वदायी भूमिका खेल्ने हो। विशेषज्ञहरू धेरै हुन्छन्। पूरा समय व्यवस्थापनमा बस्ने मेरो चाहना पनि होइन। नेतृत्व गर्ने भनेको दैनिक त्यहीँ बस्ने भन्ने होइन।

मैले यसअघि पनि विभिन्न अस्पतालमा व्यवस्थापकको काम गरेको छु। मैले गरेअनुसार काम भएको छ।नतिजा राम्रो आयो र विशेषज्ञता पनि भयो भने त्यो राम्रो हुनेछ। म त्योभन्दा कम व्यवस्थापकीय भूमिकामा बस्न खोजेको हो। त्यो त परिस्थितिले देखाउला। हामीजस्ता विज्ञले दिने सेवालाई व्यवस्थित गर्न खोजेको हो।

स्रोत–सेतोपाटी

प्रकाशित भएको : February 2nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु