
नेपाल सनातन धर्म संस्कृति संगठनका प्रमुख योगी पुष्पराज पुरूष १ महिना योग साधनामा बसेका छन् ।
उनले आफुले आँफैलाई नजरबन्धमा राखेर साधना गरिरहेका छन् । साधना अवधि भरी नहेर्ने,नसुन्ने र नबोल्ने गरी गत पौष २५ गते बाट सुरू भएको उक्त साधना यहि माघ २६ गते आईतवार साँझ सकिने उक्त आश्रमका साधक गिरीराज पुरूषले ताजा समाचारलाई बताए ।
पुष्पराज पुरूष ललितपुर स्थित लामाटार ढुंगिनमा रहेको संगतआश्रममा पांचौ पटक लामो साधनामा बसेका हुन् ।
नेपालको प्रमुख अभियान्ताहरू मध्ये चिनिने पुष्पराज पुरूष नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाउन सक्रिय देखिएका छन् । उनी असंगठित नेपालको धार्मिक क्षेत्रलाई संगठित गर्दै बलियो महाशक्ति बनाउनको लागि विगत लामो समय देखि लागेको उनलाई नजिकैबाट चिन्नेहरु बताउँछन् ।
धर्मराजनीति मार्फत देशलाई भौतिक र आध्यात्मिक रूपमा समृद्ध बनाउन उनले विभिन्न किसिमका अभियानहरु पनि संचालन गरिरहेका छन् । उनले नेपाल सनातन धर्म संस्कृति संगठन मार्फत ज्योतिष, पंडित, कर्मकाण्डी तथा धार्मिक अभियान्ताहरूलाई संगठित गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस्