प्रधानमन्त्रीको रात्रिभोज – माधव नेपालसहितका नेताले गरे बहिष्कार !


 

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य र सांसदका लागि आयोजना गरेको रात्रिभोज वरिष्ठ नेता माधव नेपालसहितका नेताहरुले बहिष्कार गरेका छन् ।

रात्रिभोजमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ तथा महासचिव विष्णु पौडेल लगायतका नेताहरु भने उपस्थित भएका थिए ।

आइतबार बेलुकी ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले केन्द्रीय सदस्य र सांसदका लागि आयोजना गरेको रात्रिभोजमा नेपालसहित उनी निकट केही नेताहरुले बहिष्कार गरेका हुन् । स्रोतकाअनुसार प्रधानमन्त्री निवासमा आयोजना गरिएकाले रात्रिभोजमा नेपालसहितका नेताहरुले बहिष्कार गरेका हुन् ।

बेलुकी ६ बजे सुरु भएको रात्रिभोजमा सहभागीलाई प्रधानमन्त्री ओलीले स्वागत गरेका थिए । रात्रिभोजमा सामान्य खाना मात्र रहेको थियो । रात्रिभोज ७:३० बजे सकिएको थियो ।

बैठकमा सहभागी केन्द्रीय सदस्यको मोबाइलमा म्यासेज मार्फत निमन्त्रणा गरिएको थियो निमन्त्रणा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई पनि गरिएको थियो ।

केन्द्रीय कमिटी बैठकमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भइरहेका बेला नेतृत्वले नेताहरुलाई भोज खुवाएर उनीहरुको आक्रोशलाई मत्थर पार्ने प्रयास गरेको हुनसक्ने नेताहरुको भनाइ छ ।

अन्तिम पटक अपडेट गरिएको : February 26th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु