सुन्दरहरैचामा टिपरको ठक्करबाट एक जनाको मृ-त्यु


 

बिराटचौक / मोरङको उर्लाबारीबाट खोर्साने तर्फ आउँदै गरेको टिपरले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । बिहान ८ बजे प्रदेश १–०२–००१ ख ८१०९ नम्बरको टिपरले सुन्दरहरैचा नगरपालिका–१० कै ४७ वर्षीय बाबुराम कार्की सवार साइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका कार्कीलाई उपचारका लागि विराटनगर स्थित कोशी अस्पताल पठाइएको थियो ।

उपचारको क्रममा बिहान पौने १० बजे उनको मृ-त्यु भएको मोरङ प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न टिपर चालकलाई इलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित भएको : February 3rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु