अमेरिकामा रमाइरहेकी ऋचा, शेयर गर्छिन् यस्ता तस्वीर (फोटो फिचर)


 

एक जमानाकी हिट नायिका ऋचा घिमिरे अहिले आफ्नो पारिवारिक जीवन बिताइरहेकी छिन् । उनले लामो समय नेपाली फिल्म क्षेत्रलाई दिइन् । अहिले भने उनी अमेरिकामा बसोबास गर्दै आइरहेकी छिन् ।

चलचित्र ‘तुलसी’ प्रदर्शनका लागि अमेरिका गएकी नायिका ऋचा त्यसपछि नेपाल फर्केकी छैनिन् । उनले अमेरिकामा रमाइरहेका तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन् । सामाजिक सञ्जालमा ऋचाले शेयर गर्ने यी तस्वीरहरु हेरौँ:

कसरी बिहे भयो ऋचा घिमिरेको ?

लभको कुरा गर्दा मलाई स्कुलका दिन याद आउँछ । यसको अर्थ त्यतिबेला कसैसँग डिप लभ परेको भने होइन । साथीसाथीबीच कुनै केटीको नाम जोडेर जिस्क्याइन्थ्यो । साथीहरू पनि मलाई कुनै केटीको नाम लिएर ‘त्यो तेरो गर्लफ्रेन्ड’ भन्दै जिस्क्याउँथे । त्यो उमेरमा पनि केटीको नाम आफूसँग जोडिदिँदा साह्रै लाज पो लाग्थ्यो त † लभको अर्थ पनि कहाँ थाहा थियो र ? कलेज जीवनमा अलि बुझ्ने भइयो तर त्यतिबेला पढाइतिरै ध्यान दिइयो । कुनै केटीसँग प्रेममा परिएन । न कसैले मलाई प्रस्ताव गरे न मैले कसैलाई । तर, जिन्दगीका अन्तरालहरूमा एक न एकचोटि त्यो पल आउने नै रहेछ, जहाँ मान्छे प्रेममा पर्छ । जसलाई पहिलोचोटि प्रेम गरेँ, उसैलाई बिहे पनि गरेँ । उनीबाहेक मेरो प्रेम अरू कसैलाई बाँडिएन । मेरी मायालु, प्रेमिका, पत्नी, जीवनसाथी जे भने पनि उनै मात्र हुन् । नायिका ऋचा घिमिरे ।

उनीसँग पहिलो भेट आठ वर्षअघि भएको हो, २०६२–६३ सालतिर । म चलचित्रमा एसिस्टेन्ट डाइरेक्टरका रूपमा काम गर्थें । त्यसअघि साधारण म्युजिकभिडियो, सर्ट फिल्म डाइरेक्सन गरेर बस्थेँ । एक दिन निर्देशक नारायण पुरी दाइले भन्नुभयो– ‘शंकर, तिमीसँग यति राम्रो प्रतिभा छ, किन म्युजिकभिडियोमा खुम्च्याउँछौ ? चलचित्रमा आऊ, मिलेर काम गरौँ ।’ मलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो । ‘पीडा’ नामक चलचित्र बनाइने भयो । नारायण दाइ र म त्यसका लागि कलाकार छनोट गर्नतिर लाग्यौँ । यसै सिलसिलामा ऋचासँग भेट भयो, वसुन्धरास्थित उनकै डेरामा । नारायण दाइले उनीसँग मेरो परिचय गराउनुभयो– ‘ऊ शंकर घिमिरे, हाम्रो चलचित्रको एसिस्टेन्ट डाइरेक्टर ।’ त्यही बेला हामीबीच साधारण परिचय स्थापित भयो । सुरु गरे पनि त्यो चलचित्र कम्प्लिट हुन पाएन । विभिन्न कारणले पेन्डिङ भएर बसिरह्यो । तर, मैले भने चलचित्र बनेभन्दा ठूलो उपलब्धि यसैबाट पाएँ– ऋचा मेरी भइन् । मेरो जीवनका महत्त्वपूर्ण उपलब्धिहरूमध्ये एउटा हाम्रो परिचय घनिष्ठ हुन थालेको चाहिँ मेरो आफ्नै चलचित्र विषबाट हो । ऋचालाई पहिल्यै भेटिसकेको र मन पनि परेकाले विषका लागि मैले उनैलाई छनोट गरेँ । यसका लागि हाम्रो दोस्रो भेट अनामनगरमा भएको थियो । त्यसो त अरूले पनि उनैलाई सिफारिस गरेका थिए, स्क्रिप्टअनुसार हरेक प्रकारका रोल गर्न सक्छिन् भनेर ।

‘विष’ को छायांकनताका त उनी साँच्चीकै मेरो मनमा बसिसकेकी थिइन् । ब्वाइफ्रेन्डका रूपमा नभए पनि एउटा असल साथीका रूपमा त उनले पनि मलाई हेर्न थालिसकेकी थिइन् । उनका आत्मीय व्यवहारहरूले मलाई अझै तान्दै गइरहेका थिए ।
‘विष’ रिलिज गर्नुअगावै ‘वीरताको चिनो’ चलचित्र सुरु गरेँ मैले । त्यसमा पनि उनैलाई हिराइन लिएँ । उनीप्रतिको मेरो प्रेम अझै बढ्दै थियो । यसबीच उनका कुनै व्यवहार त्यस्ता लागेनन्, जसले मेरो उनीप्रतिको प्रेम घटाओस् । जतिखेरै उनी मलाई आफ्नैजस्तो महसुस हुन्थ्यो । ‘वीरताको चिनो’ ताका मैले मन पराउँछु भन्ने उनले पनि अलिअलि बुझिसकेकी थिइन् । डान्स डाइरेक्टर गोविन्द राईमार्फत मेरा मनका कुराहरू उनीसम्म पुग्थे । गोविन्द राई ऋचालाई छोरीसरह र ऋचा उनलाई पितासरह मान्छिन् । उनले भनेका कुरा नकार्दिनन् । विवाहका बेला गोविन्दले ऋचाको कन्यादान पनि गरेका थिए ।
त्यसो त ऋचालाई प्रेमप्रस्ताव गर्ने मामिलामा म आफैँसँग हारिसकेको थिएँ, निकैचोटि । बल्लबल्ल आँट जुटायो, अगाडि परेपछि के हुने–हुने ? वीरताको चिनोको छायांकन सकिएपछि भने जे त होला भनेर आँट देखाएँ । मैले माया गर्छु भन्ने संकेत उनले पाएकै थिइन् । गाली गर्ने भए पहिल्यै गर्थिन् भन्ने सोचेँ । अनि त सिधै भनिदिएँ– ‘मेरो र तिम्रो डेटिङ गरिरहने समय गयो, अब त बिहेको उमेर भइसक्यो, त्यसैले तिमी र म बिहे गरौँ ।’ उनले भनिन्– ‘म विचार गर्छु’

त्यसपछि उनी अरू चलचित्रमा व्यस्त हुन थालिन् । कालापानीको सुटिङ नारायणघाट थियो । म उनैलाई भेट्न भनेर त्यहाँसम्म पुगेँ । कहाँ देखूँ भइहाल्ने । ‘अल्झेछ क्यारे पछ्यौरी’ को सुटिङमा व्यस्त थिइन्, वीरगञ्जमा । त्यहाँ पनि पुगेँ । म चिनिएकै निर्देशक भए पनि उनको फ्यानजस्तो बनेर छायांकनस्थलमा पुग्थेँ । उनको सिन नपरेका बेला सँगै चियाकफी खाइन्थ्यो ।
सपनामा उनैलाई प्रेमप्रस्ताव गरेको देखिरहन्थेँ । बिपनीमै पनि २० चोटिभन्दा बढी प्रस्ताव गरेँ होला । उनको उत्तर सधैँ एउटै– ‘विचार गर्दै छु ।’ एक दिनचाहिँ के सुर चलेछ कुन्नि † यसो भनिन्– ‘मलाई बिहे गर्ने भए आमासँग गएर कुरा गर्नु ।’ त्यसअघि पनि म उनको घरमा त गइरहन्थेँ । एक दिन आमा मात्र भएको मौका पारेर घर गएँ । अनि, छोरीको हात मागेँ । सुरुमा त उहाँ अचम्ममा पर्नुभो । मैले थप सम्झाएँ– ‘उनी र म एउटै क्षेत्रमा छौँ, एकअर्काको भावना बुझेर अगाडि बढ्न सजिलो हुन्छ । म पनि यही क्षेत्रमा केही गर्न लागिपरिरहेको छु । हामी एकअर्कालाई सुखी राख्न सक्छौँ ।’ कुरा सुनेपछि आमाले मख्ख पर्दै मेरो प्रस्ताव स्विकार्नुभयो ।

लभ परेको डेढ–दुई वर्षपछि ०६६ साल मंसिर २७ गते हाम्रो बिहे भयो । मेरो घर चितवन, परिवार उतै हुनुहुन्थ्यो । म प्राय: घरबाहिरै हुने, काठमाडौंतिर । सबै कुरालाई सजिलो होस् भनेर मैले यतिबेला गौरीघाटमा घर लिएको थिएँ । उनलाई त्यही घरमा भित्र्याएको हुँ । मिडियामा हल्ला नगरी सुटुक्क बिहे गर्ने योजना थियो, तर कसोकसो थाहा पाइहाले । बिहेका समाचार पनि छापिए । अहिले सम्झँदै आफ्नै बिहे सपनाजस्तो पो लाग्छ । २–३ सय जना आफन्त जन्ती आएका थिए ।
सम्बन्धका बारेमा अनावश्यक चर्चा उठ्ला भनेर गुपचुप रहन खोजेका थियौँ हामीले । आफ्नो चलचित्र हलमा लाग्ने तयारीमा रहेका कारण प्रोमोसनमा लागेकाले खबर गरिरहने फुर्सद पनि थिएन । आखिर मानिसहरूले हल्ला गरिहाले– घिमिरे–घिमिरेबीच कसरी बिहे भयो ? जता गए पनि यही कुरा सोधिरहन्थे । वास्तवमा धर्मसंस्कारअनुरूप मिल्ने भएकाले न हामीले बिहे गरेका हौँ । कसैकसैले त हामीमध्ये एक जना दलित (कामी) जातको भएकाले बिहे गर्न मिलेको होला भन्ने हौवा पिटे । कसैले ऋचालाई ‘कामी’ भने कसैले मलाई । आखिर त्यस्तो थिएन । त्यस्तो भए नै पनि दलित समुदायचाहिँ मानिस होइन र ? अचम्मका छन् विभेदी सोचका मानिसहरू † हिन्दू धर्मशास्त्रअनुसार एउटै रगतनातामा पनि १० पुस्तापछि विवाह गर्न मिल्छ । उनी परिन् साउथ इन्डियाबाट आएको घिमिरे, मचाहिँ पुस्तौँदेखि यही बसिरहेको घिमिरे । धुमधामसाथ ब्राह्मणमार्फत वैदिक ऋचा उच्चारण गराएर हिन्दू धर्मअनुसार नै बिहे भएको हो हाम्रो ।

विवाहअघि जुन स्वर्णिम कल्पनाहरू गरिएको हुन्छ, व्यावहारिक जीवन त्यो त पक्कै पाइँदैन । वैवाहिक सम्बन्धलाई बुझ्न कम्तीमा पनि १–२ वर्षको अनुभव चाहिँदो रहेछ । दिनरात सँगै भइन्छ, उनका राम्रा–नराम्रा व्यवहार नजिकबाट नियाल्न पाइन्छ । कहिलेकाहीँ कुराकानी नमिल्दा हाम्रो ठाकठुक चलिरहेको हुन्छ । पतिपत्नी भएपछि सल्लाह आदानप्रदान त हुनैपर्‍यो । तर, आफूलाई चित्त नबुझ्ने सल्लाह आयो कि ठाकठुक सुरु भइहाल्यो । त्यसो त अलिअलि ठाकठुक नपरे वैवाहिक जीवन के रमाइलो र ? ठाकठुक नपर्ने सम्बन्ध त एकोहोरो हुन्छ, जहाँ राम्रो नराम्रोको पत्तो नै पाइँदैन । रिसाएपछि एकअर्कालाई मनाउँदा माया झन् बढ्छ । पहिलेपहिले रिस उठेपछि आवेगमा आएर उनी मोबाइल, भाँडाकुँडा फुटाउन थाल्थिन् । अहिले त्यो बानी छाडिसकिन् । मचाहिँ रिस उठ्नासाथ घरबाट निस्किाहाल्थेंँ । अनि अलि रिस मरेपछि मोबाइलबाट म्यासेज पठाएर ‘सरी’ भन्ने । हामी एकअर्काप्रति खुला व्यवहारका छौँ । त्यसैले कुनै शंकाको वातावरण छैन । शंकालु बानी छिर्‍यो भने त त्यसले सम्बन्धलाई खत्तम बनाइहाल्छ नि † प्राय: कलाकारको वैवाहिक सम्बन्ध एक वर्ष पनि नटिक्नुको मुख्य जड नै त्यही शंका हो । यस्ता पक्षहरूमा आपसी विश्वास र समझदारी कायम गर्न सके फिल्मकर्मीहरूका सम्बन्ध पनि राम्रो हुन्थ्यो होला ।
२०६८ साल असार १० गते हाम्रो प्रेमको निसानी छोरा जन्मियो । उसको नाम ‘अभिनय’ राखेका छौँ । ऊ पनि कलाक्षेत्रमै लागोस् भन्ने हाम्रो चाहना छ । अरू कुनै पेसामा गएछ भने पनि बाबुआमाको क्षेत्रप्रति अलिअलि झुकावचाहिँ राखोस् । छोरा जन्मिएपछि ऋचा चलचित्र क्षेत्रबाट केही समय टाढा बसिन्, अबको ६–७ महिनापछि पुनरागमन गर्नेछिन् । हाम्रो महत्त्वाकांक्षी चलचित्र ‘तुलसी’ को रिलिज पनि केही समयपछि गर्ने तयारीमा छौँ ।
एकदमै भाग्यमानी श्रीमान् लाग्छु म आफैँmाई । बिहेपछि आमा र बुबा बन्नुमा पनि छुट्टै आनन्द छ । आपसी व्यवहारहरूले हामी बीचको माया अझ बढाएको छ । बिहेअघिको भन्दा अहिलेको लभ अझ व्यावहारिक लाग्छ । उनलाई भन्न चाहन्छु– मलाई यसै गरी जीवनभर साथ दिइरहनू है †

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु