चर्चित लोकगायक बद्री पंगेनीका पिताको दुखद निधन !


 

काठमाडौं – चर्चित लोकगायक बद्री पंगेनीलाई पितृशोक परेको छ । गायक पंगेनीका पिता बोधराज पंगेनीको ७०बर्षको उमेरमा निधन भएको छ । लामो समय देखी दम रोग बाट पिडीत रहेका पंगेनीका पिता बोधराजको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

गायक पंगेनीका पिता बोधराजको दाहसंस्कारका लागि पाल्पाको रामपुर लागिएको जनाइएको छ। बोधराजका दुई छोरा र एक छोरी छन् ।

त्यस्तै नेपाल बार एशोसिएशन तनहुँका पूर्वाध्यक्ष एवं जिल्ला विकास समितिका पूर्वसभापति फणीन्द्रबहादुर पाण्डेको आज निधन भएको छ । केही समयदेखि अस्वस्थ पाण्डेको तनहँुको व्यास नगरपालिका–३ दमौलीस्थित निवासमा निधन भएको हो ।

पाण्डेको आज नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ । पाण्डेको निधनप्रति शोक व्यक्त गर्दै दाहसंस्कारमा सहभागी नेकपाका केन्द्रीय सदस्य एकबहादुर रानाले परिवर्तन र निरङ्कुशताविरुद्धको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पाण्डेको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।

नेकपा जिल्ला अध्यक्ष एवं सांसद केदार सिग्देल, सांसद प्रतापकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यासका प्रमुख न्यौपानेलगायतले सामाजिक क्षेत्रमा योगदान पु¥याउनुभएका पाण्डेको निधनले समग्र तनहुँवासीले अभिभावक गुमाएको महसुस गरेको बताउनुभयो ।

प्रकाशित भएको : February 3rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु