खाना पकाउने ग्यासको मूल्य बढ्यो


 

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ।

निगमले भारतबाट पछिल्लो समय खाना पकाउने ग्यासको मूल्य बढेर आएकाले प्रति सिलिन्डर २५ रुपैयाँ बढाइएको जानकारी दिएको छ। योसँगै ग्यासको मूल्य अब प्रति सिलिन्डर १३७५ रुपैयाँ भएको छ।

खाना पकाउने ग्याँसको सिलिन्डर १ हजार ३ सय ७५ रुपैँया भएपनि घरसम्म ग्याँस पुराइदिने मानिसले प्रतिसिलिन्डर १ सय रुपैँया भन्दा बढी लिने गरेका छन् । जसले गर्दा राजधानीमा बस्ने मानिसहरुले एउटा ग्याँसको १ हजार ५ सय रुपैयाँ सम्म तिर्दै आइरहेका छन् ।

निगमले पेट्रोल र डिजेलको मूल्य भने घटाएको छ। भारतबाट पछिल्लो समय डिजेल र पेट्रोलको मूल्य घटेर आएकाले प्रति लिटर १ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ। योसँगै डिजेलको मूल्य प्रतिलिटर ९९ र पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ भएको छ।

यो मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएकाे छ। .

र यो भिडियो पनि हेर्नुहोस्

चिसोको कारण लाग्ने विभिन्न रोगबाट बच्न Dr Kalyan Subedi ले दिए यस्ता सुझाव । पूरा भिडियो हेरेर सम्पूर्ण जानकारी लिनुहोला ।

प्रकाशित भएको : February 3rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु