चीन भन्छ : अमेरिकाले कोरोनाभाइरसबारे त्रा:स फैलायो तर हामीलाई सहयोग गरेन


 

चीनले वुहानबाट सुरू भएको नोवेल कोरोना भाइरसबारे संयुक्त राज्य अमेरिकाले संसारभर त्रा:स फैलाएको आ-रोप लगाएको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले भाइरसको संक्रमण रोक्न वासिङ्टनले आफूहरूलाई सहयोग पनि नगरेको बताएका छन्। अमेरिकाबाहेक सबै देशले कोरोना भाइरसविरूद्ध लड्न चीनले गरिरहेका प्रयासको पनि प्रशंसा गरेको उनको भनाइ छ।

‘अमेरिकी सरकारले हामीलाई उल्लेख्य सहयोग गरेको छैन तर ऊ नै पहिलो देश हो जसले वुहानको महावाणिज्यदूतावासबाट आफ्ना कर्मचारीलाई फर्कायो, दूतावासका केही कर्मचारी फिर्ता बोलायो र चिनियाँमाथि अमेरिका यात्रा गर्न प्रतिबन्ध लगायो,’ हुवाले भनेका छन्,‘यी सबैबाट संसारमा त्रा-समात्र फैलायो यो गलत उदाहरण हो।’

उनले सन् २०१८ र २०१९ मा अमेरिकामा रूघाबाट १ करोड ९० लाख मानिस संक्रमित भएको र तीमध्ये १० हजार जनाले ज्यान गुमा एको उल्लेख गर्दै कोरोनाभाइरस त्यस्तो भयावह नभएको दाबी गरे।

चीनमा आइतबारसम्म कोरोना भाइरसबाट ३६१ जनाको मृ त्यु भएको छ १७ हजार बढी संक्रमित भएका छन्।

र यो भिडियो पनि हेर्नुहोस्

चिसोको कारण लाग्ने विभिन्न रोगबाट बच्न Dr Kalyan Subedi ले दिए यस्ता सुझाव । पूरा भिडियो हेरेर सम्पूर्ण जानकारी लिनुहोला ।

अन्तिम पटक अपडेट गरिएको : February 9th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु