विवाह समारोह बन्यो शो-कमग्न: आर्शिवाद दिन हिँडेको परिवारको बाटोमै मृ-त्यु


 

विवाहमा सहभागी हुन जाँदै गरेको एक परिवारको बाटोमै ज्यान गएको छ। भारतको महाराष्ट्रको जलगांव जिल्लामा भएको दुर्घटनामा १० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आइतबार राति ११ बजे भारतको चोपडा–फैजपुर मार्गमा टिपर र गाडी एक आपसमा ठोक्किएका थिए। दुर्घटनाका समयमा बालू नारायण चौधरी आफ्ना परिवारसहित एक आफन्तको विवाह समारोहमा सहभागी हुन चोपडा गाउँ हिँडेका थिए।

तर विवाह समारोहमा सहभागी पुग्न नपाउँदै बाटोमै उनीहरुको ज्यान गएको समाचारमा जनाइएको छ। चौधरी र उनकी पत्नीसहित गाडीमा सवार अन्य आठ जनाको घटना स्थलमै ज्यान गएको थियो।

गाडीमा सवार अन्य ७ जना घाइते भएको बताइएको छ। घाइतेको नजिकैका विभिन्न अस्पतालमा उपचार भइरहेको समाचारमा जनाइएको छ।

प्रकाशित भएको : February 3rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु